कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय कोशी प्रदेशसभामा उठेको छ । माओवादी युवा नेता एवं कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले बुधबारको प्रदेशसभा बैठकमा रानालाई उपसभामुखबाट हटाउन सत्तारुढ काँग्रेस र एमालेले महाअभियोगको तयारी गरेको विषयमा आपत्ति जनाए ।

प्रदेशसभामा सत्तापक्षको बहुमत जुटाउन जनजाति समुदायबाट स्थापित उपसभामुख रानालाई हटाउन खोजिएको आरोप उनले लगाइ ।

Advertisement

‘राज्य सञ्चालनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका आ-आफ्नै विशेषता र क्षेत्राधिकार हुन्छन् र राज्य सञ्चालनमा एक अर्कोबीच सन्तुलन कायम गर्ने सरकार सञ्चालनमा स्वेच्छाचारिता वा निरङकुस्ता हाबी हुन खोजेमा व्यवस्थापिका वा न्यायपालिकाले हस्तक्षेप गर्नेसम्म नजिर स्थापित छन्’, उनले भने, ‘आज दुईतिहाइको बलमा न्यायपालिका र व्यवस्थापिकालाई सरकार अनुकूल बनाउने र आफ्नो स्वार्थ पूर्ति गर्न संवैधानिक परिषदमा बहुमत पुर्याउनकै लागि प्रतिनिधि सभामा एउटा जनजाति समुदायबाट स्थापित महिला उपसभामुखलाई हटाउन दुई दलले चालेको कदमको म घोर निन्दा गर्न चाहन्छु र संघीय सरकारलाई यो कदमबाट पछि हट्न आग्रह गर्दछु ।’

उनले कांग्रेस र एमालेले कोशी प्रदेशका सभामुखलाई पनि हटाउने तयारी गरिएको भन्दै चापागाईंले आपत्ति प्रकट गरे । सत्तापक्षबाटै सभामुख बनाउन गरिएको त्यस्तो प्रयासले प्रदेशको अस्थिरतालाई थप मलजल गर्ने टिप्पणी उनको छ । काँग्रेस र एमाले प्रदेश सरकारको अस्थिरता र असफलताको भारी प्रदेश सभालाई पनि बोकाउन उद्धत रहेको टिप्पणी गरे ।

चापागाईंले काँग्रेस र एमाले सरकार चलाउन पूर्णत असफल भएको बताएका छन् । संघ र प्रदेशमा दुई तिहाइ बहुमत रहेको दाबी गर्ने काँग्रेस र एमाले राज्य चलाउन असफल भएको बताए । उनले जनतालाई डेलिभरी दिने भन्दा संघ र प्रदेश सरकारहरू निरंकुश र स्वेच्छाचारी बन्दै गएको आरोप लगाए ।

‘संसदीय प्रणालीमा बिरलै देख्न पाइने परिदृश्य देशका प्रमुख दुई पार्टी मिलेर संघीय सरकार र प्रदेश सरकार निर्माण भएको एक वर्ष बितेको छ दुई तिहाइको हवालासहित बनेको सरकार सञ्चालनको एक वर्षलाई हेर्दा दुई दल पूर्ण रुपमा असफल रहे’, उनले भने ।

जनताले मुलुकमा सरकार भएको अनुभूति गर्न नसकेको दाबी चापागाईंको थियो । ‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार, जहाँ सरकार त्यहाँ बेथिति भन्ने मान्यता स्थापित भएको उनको भनाइ छ ।

काँग्रेस र एमालेले गत वर्ष १७ असारको माध्य रातमा सातबुँदे सहमतिमा हस्ताक्षर गर्नुको मुख्य उद्धेश्य आफू र आफ्नालाई जोगाउनु रहेको आरोप चापागाईंले लगाए । प्रधानमन्त्री केपी ओलीले नै ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भन्ने अभिव्यक्ति दिनुले त्यो पुष्टि हुने तर्क चापागाईंले गरे।

कांग्रेस महामन्त्री गगनकुमार थापाले बिचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै रहेको र नेता शेखर कोइरालाले सरकार नेतृत्वकर्ता एमालेले खाली जग्गा देख्नै नहने अभिव्यक्ति दिनुले परिस्थितिको गम्भीरता छर्लङ्ग हुने बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०