हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ भदौ, २०८२
१ वर्षअघि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेनन् ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै सत्ताधारीले आफ्ना संघीय सांसदहरूको हस्ताक्षर संकलन गरे ।

Advertisement

तर, उक्त हस्ताक्षर संकलन अभियानमा दलको निर्देशनअनुसार डा. कोइरालाले हस्ताक्षर गरेनन् । मंगलबार दिउँसो कोइरालाले हस्ताक्षर नगरेको विषयमा अनेक टिका टिप्पणीसमेत भए ।

उनले हस्ताक्षरको प्रयोजन खुलाउनुपर्ने, खाली कागजमा हस्ताक्षर गर्न नमानेको जस्ता राजनीतिक गसिप पनि सामाजिक सञ्जालमा चर्चाका विषय बने ।

तर, स्वयम् शेखर भने अहिलेको अवस्थामा उपसभामुख राना मगरलाई हटाएर सरकारलाई थप अलोकप्रिय बनाउने पक्षमा देखिएका छन् ।

उनले २०८१ असार ३० गते गठित दुई ठूला दलको शक्तिशाली सरकारको कामलाई लिएर समाजमा चर्को असन्तोष देखिएका बेला उपसभामुखलाई हटाउने कदम चालेर आगोमा घ्यू थप्न नहुने कुरा आफूनिकटहरूसँग बताइरहेका छन् ।

स्वकीय सचिव दिनेशचन्द्र थपलियालाले जनमानसमा तीव्र असन्तोष देखिएका बेला उपसभामुख हटाउने प्रयासलाई अलोकप्रियता बढाउने अर्को कदमका रुपमा नेता कोइरालाले लिएको बताए ।

‘अहिलेको सरकारले गर्नुपर्ने अन्य धेरै काम छन् । जनतासँग जोडिएका ती महत्वपूर्ण काम छाडेर अहिले किन अलोकप्रिय कदमहरू चाल्नुपर्‍यो ?’, शेखरको भनाइ उद्धृत गर्दै थपलियाले भने, ‘अहिलेको अवस्थामा जनतामा निराशा अत्यधिक बढेको छ । निराशाले आक्रोशित जनताले ढुंगाले हान्ने बेला भइसकेको छ । यो बेला थप अलोकप्रिय कदम चाल्नु उचित होइन ।’

शेखरले अहिलेको सरकारले नयाँ पुस्तालाई पनि राम्रो सन्देश दिनुपर्ने गरि काम गर्नुपर्नेमा अलोकप्रियता बढाउनेतिर लागेको उल्लेख गरेका छन् । ‘हामीले नयाँ पुस्तालाई के सन्देश दिने ?’, शेखरले सरकारको कार्यशैलीबारे भनेका छन्, ‘गर्नुपर्ने काम अनगिन्ति छन् । नगर्नुपर्ने कामतिर सरकार अल्मलिएर बस्नु उचित होइन ।’

हस्ताक्षरबारे खबर छैन

थपलियाका अनुसार मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूबीच चलाइएको हस्ताक्षर अभियानबारे नेता कोइरालालाई कुनै जानकारी छैन । ‘दलको कार्यालयबाट उहाँलाई कुनै किसिमको खबर आएको छैन’, थपलियाले भने, ‘दलले भनेपछि हस्ताक्षर नगर्ने भन्ने हुँदैन । तर अहिलेसम्म नेता कोइरालालाई त्यसबारे कुनै जानकारी नभएकाले पनि हस्ताक्षर नगर्नु भएको हो।’

उता प्रमुख सचेतक श्याम घिमिरेमार्फत् सबै सांसदहरूलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकल गराएका सभापति एवम् दलका नेता शेबरहादुर देउवाले पनि मंगलबार हस्ताक्षर गरेनन् ।

एकजना सांसदका अनुसार दलका नेता देउवा र अर्का नेता कोइराला दुवैजनाले उपसभामुख राना मगरलाई हटाउन संकलन गरिएको भनिएको कागजमा हस्ताक्षर गरेका छैनन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०