निजी क्षेत्र सम्बन्धित २७ प्रतिशत कार्यक्रमको कार्यान्वयन शून्य

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
१ वर्षअघि

सरकारले गत आर्थिक वर्षमा बजेटमार्फत तय गरिएका निजी क्षेत्र सम्बन्धित कार्यक्रम मध्ये २७ प्रतिशत कार्यक्रमको कार्यक्रम कार्यान्वयन नै गरेन ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले गत बजेट वाच सार्वजनिक गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अगाडि वसारेका निजी क्षेत्र सम्बन्धित कुल कार्यक्रम मध्ये २७ प्रतिशत कार्यक्रम वर्तमान सरकारले कार्यान्वयन नगरेको उल्लेख गरेको हो ।

Advertisement

सीएनआईका अनुसार प्रचण्ड नेतृत्व सरकारले अगाडि सारेका निजी क्षेत्र सम्बन्ध्ति २५ प्रतिशत कार्यक्रम मात्रै वर्तमान सरकारले पूर्ण कार्यान्वयन गरेको छ भने ४८ प्रतिशत कार्यक्रम आंशिक कार्यान्वयन गरेको छ ।

गत आर्थिक वर्षमा सरकारले १२६ निजी क्षेत्र सम्बन्धित कार्यक्रम बजेटमार्फत अघि सारेको थियो । जसमध्ये औद्योगिक विकास सम्बन्धित १४, सार्वजनिक खरिद र आयोजना व्यवस्थापन सम्बन्धित ३, मेक इन नेपाल सम्बन्धित १, सार्वजनिक निजी साझेदारी सम्बन्धित २, स्टार्टअप र नवप्रवर्तन सम्बन्धित २ र निर्यात प्रवर्धन, आयात प्रतिस्थापन, व्यापार सहजीकरण र आपूर्ति व्यवस्था सम्बन्धित १ वटा कार्यक्रम अघि सारेको थियो ।

साथै गत आवमा सरकारले निजी क्षेत्र सम्बन्धित कृषि क्षेत्रको रूपान्तरण सम्बन्धित ९, सूचना प्रविधि विकास सम्बन्धित ७, उर्जा क्षेत्रको विकास सम्बन्धित २, पर्यटन प्रवर्धन सम्बन्धित ५, कर प्रणाली सम्बन्धित ७, पूर्वाधार सम्बन्धित ४, सिप तथा उद्यमशीलता सम्बन्धित ४ र अन्य विषय सम्बन्धित २ वटा कार्यक्रम अगाडि सारेको थियो ।

वर्तमान सरकारले अघिल्लो सरकारले अगाडि सारेका कार्यक्रममध्ये १७ वटा कार्यक्रमको अपनत्व नै नलिएर कार्यक्रम नै अगाडि बढाएन । जसमध्ये निजी क्षेत्र सम्बन्धित पूर्वाधार शीर्षकमा अगाडि सारिएका मध्ये ४ वटा कार्यक्रमको वर्तमान सरकारले अपनत्व नै नलिएकाले कार्यान्वयन नै हुन सकेन ।

त्यस्तै, औद्योगिक विकास सम्बन्धित ४, सार्वजनिक निजी साझेदारी सम्बन्धित १, कृषि क्षेत्र सम्बन्धित २, सूचना प्रविधि विकास सम्बन्धित २, पर्यटन प्रवर्धन सम्बन्धित २, कर प्रणाली सम्बन्धित १ र अन्य विषय सम्बन्धित १ वटा कार्यक्रम गत आवमा सरकारले अपनत्व नै नलिएको सीएनआईको बजेट वाचले देखाएको छ ।

तर, अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा भने सरकारले बजेटमार्फत अघि सारेको निजी सम्बन्धित कार्यक्रममध्ये २५ प्रतिशत पूर्ण कार्यान्वयन गरेको थियो भने ७० प्रतिशत आंशिक कार्यान्वयन गरेको थियो । निजी क्षेत्र सम्बन्धित कुल कार्यक्रममध्ये ५ प्रतिशत कार्यक्रम भने सरकारले कार्यान्वयन नै अगाडि बढाएको थिएन ।

चालु आर्थिक वर्षको लागि निजी सम्बन्धित ७ वटा विषय क्षेत्रका ७४ वटा कार्यक्रम सरकारले अगाडि सारेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
४ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
६ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
६ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
६ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
६ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०