शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ साउन, २०८२
१२ महिनाअघि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्ने बताएका छन्।

बागमती प्रदेश कमिटी सचिवालयको आठौँ बैठकलाई सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले पार्टीको विधानबारे छलफल गर्ने समय भएकाले त्यसमा ध्यान दिन आग्रह गरे।

उनका अनुसार विधानका तीनवटा भाग छलफलका लागि तल्लो कमिटीमा पठाइएको छ, जसमा छलफल गरी आवश्यक सुझाव दिनु पर्नेछ। पार्टी कमिटीबाहिर रहेका जिम्मेवार कार्यकर्ता र सदस्यलाई पनि विधान संशोधनबारे छलफलमा सहभागी गराउन वातावरण बनाउन प्रदेश र जिल्ला कमिटीको भूमिका महत्वपूर्ण हुने उनले स्पष्ट पारे।

पोखरेलले सभामुख र राष्ट्रपति सक्रिय राजनीतिमा फर्किने विषय फरक हुने बताए। उनका अनुसार सभामुखको हकमा पार्टी सदस्यता रोकिए पनि राष्ट्रपतिले भने संगठित सदस्यता त्याग्ने भएकाले राष्ट्रपति कुनै पार्टीमा सक्रिय हुन चाहे भने नयाँ सदस्यता लिएर मात्र राजनीति सुरु गर्नुपर्ने हुन्छ।

राष्ट्रको अभिभावक भइसकेको व्यक्तिले नयाँ सदस्यता लिएर राजनीतिमा आउनु उचित नहुने उनको धारणा छ। राष्ट्रपतिको संवैधानिक भूमिका फरक हुने कुरा नबिर्सन उनले आग्रह गरे।

दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान पार्टीको दशौँ महाधिवेशनमै हटिसकेको पनि उनले जानकारी दिए। यो अहिलेको मुद्दा नभई पहिल्यै टुंगिएको विषय भएको उनले स्पष्ट पारे।

त्यस्तै, ७० वर्ष उमेर सीमा सम्बन्धी प्रावधान मुकुन्द न्यौपानेको पार्टी प्रवेशसँगै केन्द्रीय कमिटी सदस्य बनाउने सन्दर्भमा स्थगित भएको पनि उनले बताए। उक्त विषय केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतिले स्थगित गरेको उनले जानकारी दिए। त्यसैले यस्ता विषय उठाएर अनावश्यक विवाद नगर्न उनले अनुरोध गरे।

बैठक पार्टी प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलको अध्यक्षतामा भएको थियो। कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इञ्चार्ज डा। राजन भट्टराईलगायतले धारणा राखेका थिए। प्रदेश कमिटी उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाका अनुसार बैठकमा उपस्थित सबै सचिवालय सदस्य र जिल्ला अध्यक्षहरूले रिपोर्टसहित विधान संशोधनबारे आफ्नो विचार राखेका थिए।

प्रकाशित समय: सोमबार २७ साउन, २०८२, २१:५८:०६
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
आईतबार १७ साउन, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०