निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ साउन, २०८२
१ वर्षअघि

कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किएका छन् । उनले सिरियलमा ‘राजु मास्टर’को पात्रसमेत निर्वाह गर्नेछन् ।

राजुका अनुसार आगामी साताबाट उनलाई सिरियलमा देख्न पाइनेछ । ९२३ भागबाट जिम्मेवारी सम्हाल्ने गरी सिरियल निर्माता कम्पनी मिडियाहबसँग सहमति भएको उनले बताए ।

Advertisement

राजु ‘मेरी बास्सै’बाट नै कलाकारितामा स्थापित भएका हुन् । यस सिरियलमा उनी बुम समात्ने जिम्मेवारीबाट प्रवेश गरेका थिए । पछि उनले ‘राजु मास्टर’को चरित्र पाएका थिए । यही पात्रबाट उनी चर्चित र स्थापित भए । सामाजिक सञ्जालको पहुँच विस्तारैसँगै टेलिभिजनको क्रेज खस्किएपछि राजुले यो सिरियल छाडेका थिए । ‘मेरी बास्सै’मा १२ वर्ष अभिनय गरेपछि उनले ०७५ साल चैतमा उक्त सिरियल छाडेका थिए ।

त्यसपछि राजु दुई सिरियल ‘जुठे’ र ‘सकस’ लेखन, निर्देशन र अभिनयमा लागे । तीन महिनाअघि राजुले ‘जुठे’ छाडेका थिए ।

६ वर्षपछि आफूलाई दर्शकमाझ चिनाउने सिरियलमा फर्किएकामा राजु उत्साहित छन् । सँगै उनले चुनैती पनि महसुस गरेका छन् । उनी भन्छन्, ‘लेखक र निर्देशकको जिम्मेवारीमा रहेका सिरियलमा थप परिस्कृत र लोकप्रिय बनाउने चुनौती छ भन्ने महसुस भइरहेको छ ।’

राजुले आफ्नो नेतृत्वमा ‘मेरी बास्सै’को चार भाग छायाङ्कन भ्याइसकेका छन् । उनले नयाँ परिवेशमा सिरियललाई निरन्तरता दिने सोचले धादिङको लोकेसनमा छायाङ्कन गरेका छन् ।

मेरी बास्सै हरेक मंगलबार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको छ । हरेक भाग मिडियाहबको युट्युब च्यानलबाट पनि सार्वजनिक हुँदै आएको छ ।

अब सिरियलमा मास्टर्नीको भूमिकामा अनिता बस्नेत र राजुको सालीको भूमिकामा सबिना आचार्य पनि देख्न पाइनेछ ।

रामचन्द्र अधिकारी ‘गोक्ते काजी‘, सुरवीर पण्डित ‘दाह्री बा’, पल्पसा डंगोल ‘चम्सुरी’ र निरु खड्का ‘निर्मली’सिरियलको मुख्य भूमिकामा छन् ।

राजुले आफ्नो लेखन, निर्देशन र अभिनय रहेको सिरियल ‘सकस’लाई पनि नरन्तरता दिने योजनमा छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने

सोमबार १२ असोज, २०८३
१३ घण्टाअघि

चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

सोमबार १२ असोज, २०८३
१८ घण्टाअघि

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा

सोमबार १२ असोज, २०८३
१८ घण्टाअघि

फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?

सोमबार १२ असोज, २०८३
२० घण्टाअघि

चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

सोमबार १२ असोज, २०८३
२१ घण्टाअघि

विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा

सोमबार १२ असोज, २०८३
२२ घण्टाअघि
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०