३००२ बाट झर्न थालेको सेयर बजार कहाँ थामिएला ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१ वर्षअघि

गत वर्षको साउन ३१ गते ३ हजार अंक पुगेको सेयर बजार घट्दै गएर गत वर्षको असोज १३ गते २४६४ अंकसम्म झर्‍यो ।

यो वर्ष फेरि गत मंगलबार ३००२ अंकमा पुगेर सेयर बजार ओरालो लाग्न थालेको छ । बुधबार र बिहीबार दुई दिनमा  ८० अंक घटेको छ । हाल २९२२ अंकमा कायम भएको छ ।

३ हजार हाराहारीमै पुगेर बजार दुई वर्ष ओरालो लागेपछि एकथरि लगानीकर्तामा डर बढेको छ । यो वर्ष पनि बजार ३ हजार अंकमुनि झरेपछि फेरि १ वर्षसम्म साेभन्दा तल अल्मलिने हो कि भन्ने शंका बढेको छ ।

गत मंगलबारको बजार अंक करिब ४ वर्षकै उच्च हो। २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको थियो । मंगलबारको अंक सोही महिनाको भदौ १३ यताको उच्च हो ।

तर यतिबेला पोहोरजस्तो अवस्था नआउने जानकार बताउँछन् । अहिलेको घटाइलाई करेक्सनका रुपमा व्याख्या गर्दै उनीहरु बजारले ३ हजारको अंक छिट्टै तोड्ने दाबी गर्छन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट गत वर्ष र अहिले अर्थतन्त्रका सूचक, नीतिगत व्यवस्था तथा ब्याजदर समेत धेरै परिवर्तन भइसकेकाले त्यो बजारका सूचकमा देखिने बताउँछन् ।

उनले भनेजस्तै गत वर्ष ठूलो सेयर कर्जाको जोखिम भार १२५ प्रतिशत थियो, अहिले १०० प्रतिशत छ । व्यक्तिगत सेयर कर्जाको सीमा १५ करोड थियो, अहिले २५ करोड बनाइएको छ, सेयर कर्जा बढेको छ । यीसहित अन्य नीतिगत व्यवस्था सहज बन्दै गएको छ ।

वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ जेठमा ८.१७ प्रतिशत रहेकोमा अहिले ६.०९ प्रतिशतमा झरेको छ ।

गत वर्ष राष्ट्र बैंकसँग बैंकहरुको ३ खर्ब हाराहारी अधिक तरलता संकलन भएकोमा अहिले त्यो बढेर ६ खर्ब ७० अर्ब हाराहारीमा पुगेको छ । ‘बजारलाई सपोर्ट गर्ने यिनै पक्ष परिवर्तन भएका कारण बजारले यो वर्ष पनि उस्तै प्रवृत्ति देखाउँछ भन्नु गलत हो’ उनले भने ।

यो वर्ष धेरै नयाँ कम्पनी थपिइसकेका कारण पनि पहिलेको ३ हजारभन्दा अहिलेको ३ हजार अंक सानो मानिने लगानीकर्ताको भनाइ छ ।

असार १५ देखि साउन १३ गतेसम्मको छोटो अवधिमै बजार ४०७ अंकको वृद्धि भएको छ । असार १५ गते कारोबार खुल्दा २५९५ अंकमा रहेको बजार साउन १३ गते ३००२ अंकमा पुग्यो । त्यसकारण बजारको करेक्सनलाई लगानीकर्ता/कारोबारीले सहज रुपमा लिनुपर्ने जानकार बताउँछन् ।

गत वर्ष राजनीतिक माहोलले बजारलाई बढी प्रभाव पारेर ३ हजार अंक पुर्‍यायो, तर अहिले मजबुत बन्दै गरेका सूचक, अति न्यून ब्याजदर, थुप्रिएको तरलता र सहज गराइएका नीतिगत व्यवस्थाले सपोर्ट गरेको छ, यी विषयले बजारलाई क्षणिक होइन, लामो प्रभाव पार्ने रानाभाट बताउँछन् ।

प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना गत वर्ष ३ हजार अंकबाटै बजार झरेकाले लगानीकर्तामा अहिले मनोवैज्ञानिक प्रभाव परेको बताउँछन् ।

‘बजार प्रतिरोधकै विन्दुबाट घटेको हो, दैनिक क्यान्डिलस्टिक चार्टअनुसार बजार घटेर २८५० अंकसम्म झर्छ भने सामान्य हो’ ढुंगानाले भने ‘यदि त्योभन्दा धेरै घट्यो भने बजारको साइडवेज केही लामो हुन सक्छ ।’

बजारको अंक थामिने बिन्दु कसैले पनि जान्दैनन् । त्यसैले यस्तो बेला अरुका भनाइभन्दा पनि आफैले सैद्धान्तिक पक्षलाई समेत ध्यान दिएर कारोबार गर्नुपर्ने अनुभवी लगानीकर्ता सुझाउँछन् ।

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १८:५०:१५

सम्बन्धित खबर

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
१० घण्टाअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
१८ घण्टाअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
२ दिनअघि

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

बिहिबार ११ भदौ, २०८३
३ दिनअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ दिनअघि
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०