वामदेवले संगठन विभाग मागेपछि एकीकृत समाजवादीमा बखेडा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ साउन, २०८२
१० महिनाअघि

नेकपा (एमाले) छाडेको चार वर्षपछि गत साउन २ गते माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गौतमले जिम्मेवारी खोजेपछि विवाद सुरू भएको छ ।

साउन २ गते राष्ट्रियसभा गृहमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसँग अंकमाल गर्दै समाजवादीको यात्रा थालेका वामदेवका कारण महिना पनि नबित्दै समाजवादीमा बखेडा सुरू भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजकका रुपमा लामो प्रतिक्षापछि समाजवादीमा प्रवेश गरेका उनले आफू सय वर्षसम्म बाँचेर समाजवाद ल्याइछाड्ने घोषणा पनि गरेका थिए ।

सहमति गरेर पनि एमालेले भित्र्याउन तयार नभएपछि विरक्तिएका वामदेवका लागि साउन २ गते झोली थापेका उनै माधव नेपाल अहिले तनावमा परेका छन् ।

एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा पराजित नेपाल र उपाध्यक्षमा विजयी गौतमको मिलनले समावादी चलायमान हुने अपेक्षा गरिरहेका बेला विवाद र बखेडा सुरू भएको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार वामदेवले आफू काम गर्ने मान्छे भएकाले गतिलो जिम्मेवारी दिन अध्यक्ष नेपालसँग आग्रह गरेका थिए ।

समाजवादीमा तेस्रो वरीयता पाएका उनले साउन ७ मै पार्टीले काम नदिए लामो समयसम्म एकीकृत समाजवादीमा नबस्ने बताएका थिए । कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै उनले आफू काम गर्न समाजवादीमा सक्रिय भएको उल्लेख गरेका थिए । काम गर्ने अवसर नदिए लामो समय पार्टीमा नबस्ने गौतमले त्यस दिन घोषणा गरेका थिए ।

‘मलाई के पद दिने भन्ने विषय उठेको छ। मलाई चाहिन्न पद। मैले त्यो पहिला पनि भनेको छु’, उनले त्यसदिन भनेका थिए, ‘मलाई काम दिनुस्। काम दिन तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ? कामसहितको सिर्जना गरिदिनुस्, कामबिनाको पद चाहिँदैन ।’

उनले आफू कामबिना बस्दा पनि नबस्ने बताएका थिए । ‘यदि तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ। मलाई काम गर्ने क्षेत्र चाहियो’, उनले भनेका थिए, ‘एउटा जिल्ला कि दुईवटा जिल्ला कि आधा जिल्ला, कि एउटा पालिका कि क्षेत्र, जहाँ जनवर्गीय संगठन, सामाजिक संगठन, विभाग यी संरचना छन् । जो संरचनाभित्र रहेर त्यसको जिम्मेवार भएर काम गर्नुपर्ने हुन्छ।’

उनले त्यसो भनेको साता नबित्दै समाजवादीमा विवाद देखिएको छ। जिम्मेवारी खोजिरहेका नेता गौतमले बुधबार समाजवादीका अध्यक्ष नेपालसँग विभाग नै तोकेर जिम्मेवारी मागेका हुन् ।

उनले अध्यक्ष नेपाललाई आलोकनगरमा भेटेर आफूलाई संगठन विभागको जिम्मेवारी दिन प्रस्ताव गरेका हुन् । ‘वामदेव कमरेडले अध्यक्षसँग संगठन विभाग माग्नु भएको रहेछ’, उनले भने, ‘समाजवादीमा भित्रिएको केही दिनमै उहाँलाई संगठन विभाग कसरी दिन सकिन्छ र? उहाँ चार वर्ष लामो ग्यापपछि पार्टीमा आउनु भएको छ । पहिले त पार्टी संगठन र नेता-कार्यकर्तालाई चिन्नु पर्यो होला नि !’

उपाध्यक्ष खतिवडाले अहिले संगठन विभाग प्रमुखमा वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेको बताउँदै वामदेवले पार्टीलाई तलदेखि माथिसम्म राम्रोसँग नबुझी उक्त जिम्मेवारी दिन कठिन हुने उल्लेख गरे ।

‘उहाँले अध्यक्षसँग संगठन विभाग पाए काम गर्छु भन्नु भएको रहेछ । संगठन विभाग अहिले दिन सकिँदैन । उहाँ र नेता-कार्यकर्ताबीच चार वर्ष ग्याप भइसकेको छ। उहाँले पहिले त नयाँ कार्यकर्ता पनि चिन्नुपर्छ’, उनले भने, ‘उहाँले मागेको कुरालाई सम्मान गर्न सकिन्छ । तर यसबारेमा पार्टी बैठकले निर्णय गर्नुपर्ने हुन्छ । अहिले त्यस्तो जिम्मेवारी दिन सकिने अवस्था छैन ।’

अध्यक्ष नेपालले वामदेवले मागेको जिम्मेवारीबारे आफूनिकट नेताहरूसँग ब्रिफिङसमेत गरेका थिए । उनले संगठन विभाग जस्तो महत्वपूर्ण जिम्मेवारी अहिले नै वामदेवलाई दिनु हतार हुन सक्ने बताएका थिए ।

‘अध्यक्षले हामीसँग पनि ब्रिफिङ गर्नु भएको छ । यसबारेमा उहाँले पार्टी बैठक बसेर निर्णय लिनुपर्छ भन्नु भएको छ’, खतिवडाले भने, ‘अहिले नै उहाँको तेस्रो मर्यादाक्रम छँदैछ । अर्को के जिम्मेवारी दिने होला भन्ने कुरा भएको छैन । तर उहाँको उचाइअनुसारको विभाग दिन सकिन्छ।’

अध्यक्ष नेपाल अहिले नै बेदुरामको जिम्मेवारी खोस्ने पक्षमा छैनन् । घनश्याम भुसाल आएपछि महासचिव पदसमेत छाडेका उनले पार्टीमा कम्तीमा बदमासी नगर्ने बुझाइ नेपालको छ ।

‘संगठन सञ्चालनका लागि उहाँ इमान्दार हुनु हुन्छ । उहाँट कहिलेकाहीँ गल्ती हुन सक्ला तर नियतवश बदमासी गर्नु हुन्न’, समाजवादीका एक नेताले भने, ‘उहाँ खराब मान्छेको संगत पनि गर्नु हुन्न । त्यसैले उहाँले संगठन विभागको गरिमा जोगाउनु हुन्छ भन्ने बुझाइ अध्यक्षको छ।’

उता वरिष्ठ नेता एवम् संगठन विभाग प्रमुख भुसालले भने वामदेवले आफूसँग यस्तो प्रस्ताव नगरेको बताए। ‘उहाँले संगठन विभाग मागेको जानकारी मसँग छैन । सायद अध्यक्षसँ कुरा राख्नु भयो कि?’, भुसालले भने, ‘हामी दुवै राष्ट्रियसभामा छौँ तर हामीबीच त्यस्तो मन नमिल्ने गरी भनाभन भएको छैन । उहाँले मेरो जिम्मेवारी आफूलाई दिन पनि भन्नु भएको छैन ।’

भुसालले बाहिर सार्वजनिक भए जस्तो आफूले वामदेवसँग कुनै विवाद नगरेको पनि बताए । ‘हामी एकै पार्टीमा छौँ, राष्ट्रियसभा सदस्यका रुपमा पनि छौँ’, उनले भने, ‘तर बाहिर आए जस्तो भनाभन भएको छैन । भेटघाट चलिनै रहेको छ।’

प्रकाशित समय: बिहिबार १६ साउन, २०८२, १८:१५:३५

सम्बन्धित खबर

संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए

मङ्गलबार १२ जेठ, २०८३
१३ घण्टाअघि

‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’

मङ्गलबार १२ जेठ, २०८३
१४ घण्टाअघि

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई

मङ्गलबार १२ जेठ, २०८३
१६ घण्टाअघि

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश

मङ्गलबार १२ जेठ, २०८३
१६ घण्टाअघि

मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

मङ्गलबार १२ जेठ, २०८३
१६ घण्टाअघि

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन

मङ्गलबार १२ जेठ, २०८३
१७ घण्टाअघि
संसदमा रोचक दृश्य, खरेलको अभिव्यक्तिपछि केरुङ आक्रामक, औँला ठड्याउँदै पाखुरा सुर्किए
मङ्गलबार १२ जेठ, २०८३
‘वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
मङ्गलबार १२ जेठ, २०८३
प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई
मङ्गलबार १२ जेठ, २०८३
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
मङ्गलबार १२ जेठ, २०८३
मनसुन प्रतिकार्यमा २६ हजार सुरक्षाकर्मी परिचालन गरिने
मङ्गलबार १२ जेठ, २०८३
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०