रेशमले पारित गराए रञ्जितालाई अध्यक्षबाट हटाउने प्रस्ताव, बुवा लालवीरलाई नेतृत्वमा ल्याउने तयारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
१ वर्षअघि

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिएकी अध्यक्ष रञ्जिता श्रेष्ठकै पद धरापमा परेको छ ।

पार्टीको विवाद चलिरहेका बेला अध्यक्ष रञ्जिता श्रेष्ठले यही आइतबार कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बास्तोलालाई दिएकी थिइन् ।

शुक्रबार बहुमत केन्द्रीय सदस्यको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि कारबाहीबाट जोगिन उनले यो निर्णय गरेकी थिइन् ।

अध्यक्ष श्रेष्ठले आफू अस्वस्थ रहेको भन्दै पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी दिएको रञ्जिताले बतएकी थिइन् ।

तर नाउपाका संरक्षक तथा उनका पति रेशम चौधरीले अब उनलाई अध्यक्षबाट हटाएर बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व जिम्मा लगाउने तयारी गरेका छन् । रेशमले केन्द्रीय समिति बैठक फेस नगरी आफूखुसी कार्यवाहक अध्यक्ष तोक्दै हिँडेको भन्दै रञ्जितालाई हटाएका छन् ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको हो । रञ्जिताले आफूखुसी गरेको भन्दै रिसाएका रेशमले अब पार्टीमा पनि सम्बन्ध तोड्ने अवस्थामा पुगेका छन् । अर्की श्रीमतीसँग रहँदै आएका रेशमले रञ्जितालाई पार्टी नेतृत्वबाटै किनारा लगाउने निर्णय लिएका हुन् ।

नागरिक पहिलो चुनावबाटै आश्चर्यजनक रुपमा उदाएको थियो । उसले प्रतिनिधिसभामा चार सिट जितेको थियो । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा पनि नाउपाले प्रतिनिधित्व गर्छ।

रेशमले कारबाही गरेपछि अब रञ्जिता पक्षधरले पनि आफ्नो निर्णय लिन सक्नेछ । यसलाई लिएर रञ्जिताले असन्तुष्टि जनाइसकेकी छन् ।

श्रेष्ठले आफू अस्वस्थ भएको भन्दै बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन्। बहुमत केन्द्रीय सदस्यहरूले शुक्रबार २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएपछि उनले कारबाहीबाट बच्न हतारमा यस्तो निर्णय गरेकी थिइन् ।

रेशमले भने रञ्जिताको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनलाई पाखा लगाएका छन् । उनले अब अध्यक्षबाट रञ्जितालाई हटाएपछि बुवा लालबीर चौधरीलाई पार्टीको नेतृत्व दिन सक्ने संकेत गरेका छन्।

‘रञ्जिताजीले केन्द्रीय कमिटी बोलाएर जवाफ दिनुपर्थ्यो। कार्यवाहक तोकेकोमा मलाई चित्त बुझेको छैन। बैठक राखेर कार्यवाहक तोक्नुपर्थ्यो। कार्यकर्ताले आफ्नो अध्यक्ष र कार्यवाहक अध्यक्ष चिन्नुपर्छ’, उनले भने ।

उनले यो अवस्थाको जिम्मेवारी कसको हो भन्ने स्पष्ट रहेको पनि बताए । ‘राजनीतिक दलमा उथलपुथल भइरहन्छ, तर यो सबै स्वीकारेर अघि बढ्नुपर्छ। उहाँ (रञ्जिता) लाई अध्यक्ष बनाउने वा नबनाउने कुरा साथीहरूको हो। मेरो व्यक्तिगत धारणा बुवालाई बनाउनुपर्छ भन्ने होइन’, उनले भने । पार्टी भित्रको शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर उत्पन्न संकटले नाउपा गम्भीर अन्योलमा परेको छ। केन्द्रीय समिति बैठकबाट रञ्जितालाई हटाउने निर्णयले पार्टी पनि पहिलो चुनाव जितेकै कार्यकालयमा संकटमा परेको छ ।

प्रकाशित समय: बुधबार १५ साउन, २०८२, १९:०८:२५
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०