विद्यालाई छेक्ने ओलीको अभियान, च्यासल बैठकले नपुगेर नेताहरूलाई बालुवाटारमै बोलाएर निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ साउन, २०८२
१ वर्षअघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्किन नदिन हरसम्भव कोसिस गरिरहेका छन् । उनले च्यासल बैठकमा सहभागी नेताहरूलाई बालुवाटारमै बोलाएर पूर्वराष्ट्रपतिका लागि पार्टीभित्र कुनै स्थान नदिन निर्देशन दिइरहेका छन् ।

गत असार १४ गते एमालेको राजनीतिमा आउने घोषणा गरेकी भण्डारीको संगठित सदस्यतासमेत साउन ६ गतेको केन्द्रीय कमिटीबाट निष्क्रिय बनाइसकेका ओली अहिले आन्तरिक छलफलमा छन् ।

गत बिहीबार बबरमहलमा पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेकी पूर्वउपाध्यक्षका रुपमा प्रस्तुत गरेयता ओलीले प्रदेश कमिटी र भूगोलका नेताहरूलाई बालुवाटार बोलाउँदै छेक्ने अभियान थालेका हुन्। उनले पूर्वराष्ट्रपतिका लागि कुनै पनि बैठक, फोरम र छलफलका लागि स्थान नदिन निर्देशन दिइरहेका छन् ।

उनले सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशन दिएका हुन् ।

भण्डारीले आफू मदन भण्डारी फाउन्डेसनबाट सक्रिय हुने कोसिस गरिरहेका बेला ओलीले उनलाई हावाको झोंक्काको संज्ञासमेत दिएका छन्।

साउन पहिलो साता बसेको केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका कर्णालीका नेताहरूलाई ओलीले शनिबार बालुवाटारमै बोलाए । उनले पूर्वराष्ट्रपतितिर लक्षित गर्दै पार्टीमा जबरजस्त देखाइएको हावाको झोंक्काको पछि नलागी एक भएर अघि बढ्न भनेका छन् ।

शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यलाई यस्तो निर्देशन दिएका हुन्।

एमालेको नवौँ केन्द्रीय किमिटी बैठकमा कर्णालीले एकताबद्ध भएको सन्देश दिएकोमा धन्यवाद दिँदै अध्यक्ष ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानको सामना गरेको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोंक्काले केही असर नगर्ने जिकिर गरे ।

‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेता संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’, बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘अहिले बाहिर देखिएको यो सानो हावाको झोंक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईंहरू यसमा अल्मलिनुभन्दा आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

राष्ट्रिय राजनीतिमा पार्टीले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय काम देखेर केही शक्ति अत्तालिएका उनले बताए ।

तिनै शक्तिकै कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताएको बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले बताए ।

‘पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपति ज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना गरेका थिएनौँ’, ओलीले थपे, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले सदस्यताबारे गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’

देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नविकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण एमाले पछिल्लो निर्णयमा पुग्नु परेको ओलीले बताएका हुन् । अध्यक्ष ओलीले कर्णालीका दशवटै जिल्ला र सबै स्थानीय तहमा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न एक सुत्रीय अर्जुन दृष्टिका साथ लाग्न निर्देशन दिए ।

बैठकमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले बालुवाटारमा तीन घण्टा लामो छलफल भएको बताएका छन् ।

‘इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएका छौं । यो त सानो हावाको झोंक्का हो । सामान्य रूपमा समाधान हुन्छ’, ओलीको भनाइबारे नेता रिजाललले भनेका छन् ।

आफूले पार्टीको नेतृत्व सम्हालेको समय देखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने ? कसरी राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको उल्लेख गरेका ओलीले एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्ने उल्लेख गरे ।

बैठकमा एमाले कर्णालीका नेताहरूले पार्टी अध्यक्ष ओलीसमक्ष कर्णालीको संगठन र समृद्ध कर्णाली निर्माणमा सरकारले तय गर्नुपर्ने प्राथमिकताका विविध विषयवस्तु राखेको एमाले कर्णाली इन्चार्ज बोगटीले बताए ।

प्रकाशित समय: आईतबार १२ साउन, २०८२, १४:०९:५७

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
१५ घण्टाअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
१५ घण्टाअघि

पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान

बिहिबार १४ साउन, २०८३
१५ घण्टाअघि

मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक

बिहिबार १४ साउन, २०८३
१९ घण्टाअघि

देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान

बिहिबार १४ साउन, २०८३
१९ घण्टाअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२० घण्टाअघि
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार १३ साउन, २०८३
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
बुधबार १३ साउन, २०८३
सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह
बुधबार १३ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०