राति २ बजे प्रहरीसमक्ष पुगेर एक युवकले भने : मैले प्रेमिकाको हत्या गरेँ, समात्नुस् !

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ साउन, २०८२
१ वर्षअघि

नेपालगन्ज । दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ ।

बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार, बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर “तिम्रो दिदीलाई मैले मारेँ” भनेका थिए ।

त्यसपछि बिहीबार राति करिब २ बजे उनी आफैं जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले निर्मलाको हत्या गरेको जानकारी प्रहरीलाई गराएपछि घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

प्रहरी घटनास्थल पुगेपछि निर्मलाको शव कोठामा फेला पारेको थियो ।

निर्मलाको परिवार नेपालगन्ज पुगेपछि शवको पोस्टमार्टम शुक्रबार बिहान मात्र गरिएको प्रहरीले जनाएको छ ।

प्रकाश विवाहित रहेको र उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामै बस्ने गरेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार, प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगन्ज १२ बेलासपुरमा सँगै बस्दैआएका थिए ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित समय: शनिवार ११ साउन, २०८२, ०७:०२:५०
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०