विराटनगरमा आयोजित २४ दिने सीप स्तरोन्नति तालिम सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३० असार, २०८२
१ वर्षअघि

विराटनगर । टेकफिनिटी सोलुसन्स एन्ड रिसर्च सेन्टर प्रालिको आयोजना गरेको २४ दिने सीप स्तरोन्नति तालिमको समापन गरिएको छ ।

विराटनगरस्थित ओएसिस क्याफेमा सोमबार तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उक्त तालिमको समापन गरिएको हो ।

Advertisement


क्यान महासंघ मोरङको सहकार्य तथा इन्स्यिर-हेल्भेटास नेपालको प्राविधिक सहयोगमा उक्त तालिम आयोजना भएको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आयोजक संस्था टेक्फिनिटी सोलुसनका फाउन्डर सुजित झा, इन्स्योर नेपालका घनश्याम लिम्बु, क्यान महासंघ मोरङका अध्यक्ष सुमितकुमार शाह, शीर्षक इन्टरप्राइजेजका डाइरेक्टर एवम् तालिम संयोजक स्वप्निल कार्की, आदर्श माविका टेक्स कार्यक्रम संयोजक पर्वत श्रेष्ठ र शब्द एक्सप्रेसका सम्पादक माधव काफ्लेले प्रमाणपत्र वितरण गरेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बक्ताहरूले विश्वबजारमा ‘ट्रेन्डिङ’ का रूपमा रहेको डिजिटल मार्केटिङबारे सिकेर स्वरोजगार बन्न सकिने भन्दै तालिमको औचित्य प्रकाश पारेका थिए ।

इन्स्योर नेपालका घनश्याम लिम्बुले दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाअन्तर्गत रहेर आयोजित सीप स्तरोन्नति तालिमले प्रशिक्षार्थीहरूको व्यक्तित्व विकासमा मात्र नभएर विश्व बजारमा आवश्यक जनशक्ति उत्पादनमा पनि टेवा पुर्‍याउने सुनाए ।

तालिममा ६० जनाका लागि कम्प्युटर अपरेटर र डिजिटल मार्केटिङका विषयविज्ञहरूले सहजीकरण गरेको तालिम संयोजक स्वप्निल कार्कीले बताए ।

केही वर्षयता निरन्तर आयोजना गरिँदै आएको यस्ता तालिमले भविष्यमा पनि निरन्तरता पाउने उनको भनाइ छ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०