इजरायल-इरान युद्ध रोकिएसँगै घट्न थाल्यो सुनको मूल्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

विराटनगर । विश्व बजारमा पहेँलो धातु सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ ।  इजरायल र इरानबीच भएको युद्ध रोकिएसँगै सुनको भाउ ओरालो लाग्न थालेको हो ।

तोलामा दुई लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपैयाँले घटेको छ ।

Advertisement

युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्यसमेत घट्दै गएको बताइएको छ । आगामी दिनमा थप मूल्य घट्दै जाने बताइएको छ ।

असार १ गते प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य दुई सातामै तोलामा नौ हजार चार सय रुपैयाँले घटेर सोमबार एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य निरन्तर बढ्दै गएको थियो ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युद्ध रोकिएपछि लगानीकर्ता धमाधम सुन बेच्न आउन थालेपछि सुनको मूल्य घट्न थालेको जानकारी दिए ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार डलरसम्म झर्ने अनुमान गरिएको छ,” शाक्यले भने “त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य एक लाख ७५ हजार रुपैयाँ हुन्छ ।”

मूल्य घट्दा बजारमा सुनको माग बढ्ने हुँदा कारोबारसमेत वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ ।

यसअघि सुनको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस तीन हजार ५०९ डलर पुगेको थियो ।

यो वर्षकै सबैभन्दा उच्च मूल्य हो । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोालमा एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो एक/डेढ सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार २७४ डलरमा आएको छ ।

निरन्तर मूल्य घटे पनि स्थानीय बजारमा सुनचाँदीको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ ।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गदै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा कारोबार हुन नसकेको हो ।

दुई दिनअघिदेखि मुख्य सडकदेखि भित्री गल्लीमा रहेका सुन पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

पसल बन्द हुँदा गहना खरिद गर्ने ग्राहकलाई भने समस्या परेको छ ।

दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैंकले सुन आयात गर्दै आएकामा पछिल्लो समय आयात रोकेका छन् ।

बैंकसँग ५८ किलो सुन रहेको र माग पनि नभएकाले आयात नगरेको बताइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०