इजरायल-इरान युद्ध रोकिएसँगै घट्न थाल्यो सुनको मूल्य

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

विराटनगर । विश्व बजारमा पहेँलो धातु सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ ।  इजरायल र इरानबीच भएको युद्ध रोकिएसँगै सुनको भाउ ओरालो लाग्न थालेको हो ।

तोलामा दुई लाख रुपैयाँ नजिक पुगेको सुनको मूल्य क्रमिक रूपमा घट्न थालेको छ । पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा साढे नौ हजार रुपैयाँले घटेको छ ।

युद्धविराम रोकिएसँगै बजार स्थिर हुँदा लगानीकर्ताले सुन बेच्न थालेपछि मूल्यसमेत घट्दै गएको बताइएको छ । आगामी दिनमा थप मूल्य घट्दै जाने बताइएको छ ।

असार १ गते प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य दुई सातामै तोलामा नौ हजार चार सय रुपैयाँले घटेर सोमबार एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

युद्धका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर हुँदा सुनको मूल्य निरन्तर बढ्दै गएको थियो ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले युद्ध रोकिएपछि लगानीकर्ता धमाधम सुन बेच्न आउन थालेपछि सुनको मूल्य घट्न थालेको जानकारी दिए ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार डलरसम्म झर्ने अनुमान गरिएको छ,” शाक्यले भने “त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य एक लाख ७५ हजार रुपैयाँ हुन्छ ।”

मूल्य घट्दा बजारमा सुनको माग बढ्ने हुँदा कारोबारसमेत वृद्धि हुने अनुमान गरिएको उनको भनाइ छ ।

यसअघि सुनको मूल्य बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस तीन हजार ५०९ डलर पुगेको थियो ।

यो वर्षकै सबैभन्दा उच्च मूल्य हो । त्यतिबेला स्थानीय बजारमा सुनको मूल्य तोालमा एक लाख ९७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो एक/डेढ सातादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य घटेर प्रतिऔँस तीन हजार २७४ डलरमा आएको छ ।

निरन्तर मूल्य घटे पनि स्थानीय बजारमा सुनचाँदीको कारोबार भने हुन नसकेको व्यवसायीको भनाइ छ ।

सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिराजडित गहनामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गदै व्यवसायीले अनिश्चितकालीन पसल बन्द गर्दा कारोबार हुन नसकेको हो ।

दुई दिनअघिदेखि मुख्य सडकदेखि भित्री गल्लीमा रहेका सुन पसल बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रेका छन् ।

पसल बन्द हुँदा गहना खरिद गर्ने ग्राहकलाई भने समस्या परेको छ ।

दैनिक २० केजीका दरले विभिन्न वाणिज्य बैंकले सुन आयात गर्दै आएकामा पछिल्लो समय आयात रोकेका छन् ।

बैंकसँग ५८ किलो सुन रहेको र माग पनि नभएकाले आयात नगरेको बताइएको छ ।

प्रकाशित समय: मङ्गलबार १७ असार, २०८२, ०७:००:००

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
३ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
५ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
१ हप्ताअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
१ हप्ताअघि
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०