विराटनगरमा शनिबार प्रदेशस्तरीय योग खेलकुद प्रतियोगिता हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ५ असार, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा शनिबार प्रदेशस्तरीय योग खेलकुद प्रतियोगिता हुने भएको छ ।

पण्डित घनश्याम-चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा विराटनगरको होटल मनास्लु इनमा दोस्रो संस्करणको उक्त प्रतियोगिता हुन लागेको हो ।

Advertisement

यसअघि पहिलो संस्करणको योग खेलकुद प्रतियोगिता सुनसरीको इटहरीमा भएको थियो ।

यसपालि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ५० खेलाडीहरूको सहभागिता रहने छ ।

आयोजक संस्थाका अध्यक्ष दामोदर पोखरेलका अनुसार प्रतियोगितामा विभिन्न विधामा स्पर्धा हुनेछ ।  तीन उमेर समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

इभेन्ट फ्रिस्टाइल योग आसनअन्तर्गत रहेर अगाडि झुक्ने, पछाडि झुक्ने, घुमाउरो, हात र खुट्टाबीचचको सन्तुलनका विधाहरू प्रतियोगितामा रहने छन् ।

सबै विधामा महिला र पुरुषबीच छुट्टा-छुट्टै स्पर्धा हुनेछ, जसमा प्रथम, द्वितिय र तेस्रो हुनेले क्रमशः स्वर्ण, रजत र कास्य पदक पाउने छन् ।

सबै विधाका विजेताहरूबीच पुनः मिस्टर योगी र मिस/मिसेज योगीका लागि प्रतिस्पर्धा हुनेछ, जसले आकर्षक ट्रफीसहित सात हजार रुपैयाँ नगद पाउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः पाँच हजार र सात हजार रुपैयाँ नगदसहित आकर्षक ट्रफी पाउने छन् भने विजेतासहित सहभागी सबैले प्रमाणपत्र पाउने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक डा. संग्राम पुरीलगायत प्रतियोगिताको निर्णायकमा रहने सह-आयोजक संस्था जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका वरिष्ठ कविराज बैजनाथ साहले जानकारी दिए ।

अन्य सह-आयोजक संस्थाहरूमा पतञ्जली योग समिति मोरङ, जीवन विज्ञान, ब्रह्मकुमारी राज योग सेवा केन्द्र विराटनगर, मनोक्रान्ति, इन्टरनेशनल नेप्लिज कम्युनिटी, ओशो, नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रहेका छन् ।

प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न ६ सय जना दर्शक तथा स्वयमसेवकहरू उपस्थित रहने आयोजकको दाबी छ ।

प्रतियोगिताको बारेमा जानकारी गराउने उद्देश्यले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानका अध्यक्ष दामोदर पोखरेल, सचिव कृष्णप्रसाद पोखरेल, महिला पतञ्जली योग समिति मोरङका अध्यक्ष एवं कांग्रेस नेतृ सुची चौधरी, उपाध्यक्ष सारदा थापा सहभागी थिए ।

प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा हुने प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताको मिडिया पार्टनरका रूपमा शब्द एक्सप्रेस डटकम रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
लगानी बोर्डको बैठकले गर्यो दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत
शुक्रबार २३ असोज, २०८३
विराटनगर किङ्सले भारतमा प्रशिक्षण गर्दै
शुक्रबार २३ असोज, २०८३
दिल्लीमा कक्रोच पार्टीको आन्दोलन रोक्न २० हजार प्रहरी परिचालन
शुक्रबार २३ असोज, २०८३
दशैं बिदामा पनि खुला रहने काठमाडौं जिल्ला अदालत
शुक्रबार २३ असोज, २०८३
सुनको मूल्य २ हजार ९ सयले बढ्यो, प्रतितोला २ लाख ९५ हजार ७ सय
शुक्रबार २३ असोज, २०८३
पोखरामा स्कुल बस भीरबाट खस्यो, पाँच जनाको मृत्यु
शुक्रबार २३ असोज, २०८३
कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत खस्यो
शुक्रबार २३ असोज, २०८३
Tribhuwan University image
त्रिविको दीक्षान्त समारोह यसपटक सातै प्रदेशमा हुने
शुक्रबार २३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०