मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ असार, २०८२
१ वर्षअघि

एजेन्सी । उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बृद्धि भएको छ ।

कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा अधिकांश सडक कालोपत्र विस्तार भएसँगै मुस्ताङमा पर्यटन आगमनदर वृद्धि हुँदै गएको हो ।

जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड तीर्थस्थल यहाँको मुख्य धार्मिकस्थलका रूपमा चर्चित छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँको पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्यता, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले मुस्ताङ घुम्नैपर्ने मुख्य आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

जिल्लाका यिनै धार्मिक, सामाजिक, सांस्कृतिक संस्कृतिका साथै यहाँको पृथक प्रकारका भूगोल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक भ्रमण गर्न लालायित हुने गरेको पाइएको छ । विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक सङ्ख्या बढेको देखिन्छ ।

यसैक्रममा आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी ६ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आव २०८०–८१ मा चार लाख ५४ हजार ३२६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए ।

गत वर्षको तुलनामा चालु आवको ११ महिनामा दुई लाख २४ हजार २१० जना अर्थात् ३३ प्रतिशतले पर्यटक बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।

उनका अनुसार चालु आवको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ र विदेशी एक लाख ३८ हजार ६६४ जनाले मुस्ताङ भ्रमण गरेका छन् ।

गत वर्षको बाह्र महिनामा स्वदेशी तीन लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३९९ जनाले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षभन्दा चालु आवको ११ महिनामा स्वदेशी पर्यटक ३४ दशमलव २५ प्रतिशत र विदेशी पर्यटक २८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको साउनदेखि जेठसम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिकमा ९९ हजार १७६ र चैतमा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेको जिल्ला प्रहरीको तथ्याङ्क छ ।

यसैगरी विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना विदेशीले मुस्ताङको भ्रमण गरेको प्रहरी नायब उपरीक्षक लामाले बताए ।

मुस्ताङमा अधिकांश पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका साथै कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र तर्पण दिन आउने गर्छन् । मुक्तिनाथ दर्शन गर्न आउने स्वदेशी पर्यटकमध्ये एक चौथाइले उपल्लो मुस्ताङ र कोरलानाकाको भ्रमण गरी फर्किने गरेको पाइएको छ ।

मुस्ताङ भ्रमण गर्न आउने विदेशी पर्यटकमा ८० प्रतिशत भारतीय रहेका छन् । मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुस्ताङ आउने गर्छन् । कुल विदेशी पर्यटकको सङ्ख्यामध्ये २० प्रतिशत अन्य मुलुक छन् । यसमा ७२ देशका पर्यटक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार ३ असार, २०८२, १०:३४:३५
जयवीर देउवाको खातामा आएको साढे दुई करोडमाथि अनुसन्धान हुँदैछ
शुक्रबार १ साउन, २०८३
चिडियाखाना आजदेखि पुनः खुला
शुक्रबार १ साउन, २०८३
विश्वकप विजेतालाई पहिलोपटक ‘च्याम्पियनसिप रिङ’
शुक्रबार १ साउन, २०८३
बागमतीमा मन्त्रालय १४ बाट ८ मा झर्‍यो, ६ मन्त्री बिना विभागीय
शुक्रबार १ साउन, २०८३
चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी
शुक्रबार १ साउन, २०८३
निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि
शुक्रबार १ साउन, २०८३
रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन
शुक्रबार १ साउन, २०८३
दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
शुक्रबार १ साउन, २०८३
प्रधानमन्त्री शाह र राप्रपा नेताहरूबीच भेटवार्ता
बिहिबार ३२ असार, २०८३
घुस लिएको आरोपमा टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष कैद
बिहिबार ३२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०