स्नातकमा प्रदेश दोस्रो र तेस्रो हुने इडेनबर्गका दुई विद्यार्थी नगदसहित सम्मानित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगरको इडेनबर्ग कलेजले स्नातकमा कोशी प्रदेशको दोस्रो र तेस्रो हुने दुई छात्रालाई नगदसहित सम्मान गरेको छ ।

विराटनगर महानगरपालिका–९ बसपार्क नजिक रहेको कलेजले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बिबिएस दोस्रो वर्षको परीक्षामा अब्बल नतिजा ल्याउने दुई छात्रासहित विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

गत वर्षको माघमा भएको परीक्षामा कलेजकी छात्र दीपिका चौधरीले ७५ प्रतिशत अंक हासिल गरेकी थिइन् ।

प्रदेशभरि नै दोस्रो हुन सफल दीपिकालाई कलेजले ११ हजार रुपैयाँ नगद पुरस्कार दिँदै एक वर्षको छात्रवृत्ति पनि उपलब्ध गराएको हो ।

सम्मानपछि बोल्दै दीपिकाले कलेजले दिएको पठनपाठनको वातावरणले गर्दा अब्बल अंक ल्याउन सफल भएको सुनाइन् ।

यस्तै, प्रदेशभरिकै तेस्रो हुन सफल भएकी पूजा साहलाई पनि सम्मान गरिएको थियो ।

७४.४ प्रशित अंक ल्याएकी उनलाई पनि कलेजले एक वर्षको छात्रवृत्ति उपलब्ध गराएको छ ।

त्यसबाहेक उक्त परीक्षामा उत्तीर्ण भएर कलेजमा उपस्थित विद्यार्थीहरूलाई अभिर र खादा लगाएर सम्मान गरिएको थियो ।

उनीहरूलाई कलेजका अध्यक्ष विष्णु दाहाल, प्रिन्सिपल डिके साह, फाउन्डर संयोग पोखरेल, फाउन्डर तथा कोअर्डिनेटर शम्भुप्रसाद महतो, कृष्ण निरौलालगायत शिक्षक–शिक्षिकाले सम्मान गरेका थिए ।

यसअघि २०७८ सालमा इडेनबर्गले बिबिएस प्रथम वर्षमा सर्वोत्कृष्ट नतिजा ल्याएको स्मरण गराउँदै कलेजका प्रिन्सिपल डिके साहले आगामी दिनमा विद्यार्थीलाई नेपाल प्रथम बनाउने लक्ष्य लिएको बताए ।

शैक्षिक गुणस्तरमा इडेनबर्ग कलेज एकपछि अर्को सफलताको साथ एक अब्बल शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गइरहेको छ ।

प्रकाशित समय: बुधबार २९ जेठ, २०८२, १०:०६:५९

सम्बन्धित खबर

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग

बिहिबार ११ भदौ, २०८३
४ दिनअघि
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०