सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउँदै छ ।

सुनमा लगाइएको उक्त दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ ।

Advertisement

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन चाँदीमा दुई प्रतिशत विलासिता कर, हीरा-जुवाहरत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर पर्न गएको हो ।

विलासिताका करका कारण सुनका गहना खरिद थप महँगो हुने भएको छ । यसले बजारमा सुनको कारोबार घट्न थालेपछि व्यवसायीलाई समेत असर पर्न गएको हो ।

चालु आव २०८१/८२ को बजेटमा १० लाख रुपियाँ बराबरको गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिता कर लाग्ने गरेको थियो ।

आगामी आवको बजेटमार्फत जुनसुकै परिमाणमा सुन गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिताको कर लाग्ने व्यवस्था गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा लगाइएको विलासिता करले उपभोक्ता र व्यवसायीलाई सीधै मार परेको बताए ।

सरकारले राजस्व संकलन गर्ने नाममा सुनको कारोबारमा दोहोरो कर लगाउँदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ ।

“सुनको मूल्य बढेर दुई लाखनजिक पुगेर बजारमा माग नभई कारोबार नै घटेको अवस्था छ,” शाक्यले भने, “यस्तो अवस्थामा थप विलासिता कर लगाउँदा सुनचाँदी व्यवसाय बन्द गर्नुपर्ने अवस्था भएकाले तत्काल सरकारले यसलाई पुनर्विचार गरेर तत्काल हटाउनु पर्छ ।”

महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभावले स्थानीय बजारमा सुनको कारोबार ९० प्रतिशतले घटेको छ ।

निरन्तर मूल्य बढेका कारण बजारमा सुनको माग दैनिक पाँचदेखि १० किलो पनि नभएको शाक्यले बताए ।

उनले भने, “आवश्यक पर्नेले पुराना गहना ल्याएर थपेर नयाँ लिएर जाने गरेको र यस्तो अवस्थामा करले थप मार पारेको छ ।”

हाल मुख्य मुख्य सहरका पसलमा फाट्टफुट्ट सुनको कारोबार भए पनि भित्री सुन पसल भने ठप्प अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार निरन्तर सुनको मूल्य बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति न्यून हुँदा सुनचाँदीको कारोबार बढ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

यसैबीच नेपाल सुनचाँदी व्यवसायीले सुनचाँदीमा लगाइएको विलासिता कर र भ्याट खारेजीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् ।

आगामी आवको बजेटमा सुनचाँदीमा दुई प्रतिशत विलासिता कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत भ्याट लगाइएकोमा सो कर खारेजीको माग गर्दै व्यवसायी विरोधमा उत्रेका हुन् ।

‘सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगडमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर व्यवसायी प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०