सुनमा लगाइएको दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि सुनका गरगहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि करका अतिरिक्त दुई प्रतिशत विलासिता करसमेत लगाउँदै छ ।

सुनमा लगाइएको उक्त दोहोरो करले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर परेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन चाँदीमा दुई प्रतिशत विलासिता कर, हीरा-जुवाहरत र पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएपछि व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर पर्न गएको हो ।

विलासिताका करका कारण सुनका गहना खरिद थप महँगो हुने भएको छ । यसले बजारमा सुनको कारोबार घट्न थालेपछि व्यवसायीलाई समेत असर पर्न गएको हो ।

चालु आव २०८१/८२ को बजेटमा १० लाख रुपियाँ बराबरको गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिता कर लाग्ने गरेको थियो ।

आगामी आवको बजेटमार्फत जुनसुकै परिमाणमा सुन गहनाको कारोबार गर्दा दुई प्रतिशत विलासिताको कर लाग्ने व्यवस्था गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले सुनमा लगाइएको विलासिता करले उपभोक्ता र व्यवसायीलाई सीधै मार परेको बताए ।

सरकारले राजस्व संकलन गर्ने नाममा सुनको कारोबारमा दोहोरो कर लगाउँदा व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको शाक्यको भनाइ छ ।

“सुनको मूल्य बढेर दुई लाखनजिक पुगेर बजारमा माग नभई कारोबार नै घटेको अवस्था छ,” शाक्यले भने, “यस्तो अवस्थामा थप विलासिता कर लगाउँदा सुनचाँदी व्यवसाय बन्द गर्नुपर्ने अवस्था भएकाले तत्काल सरकारले यसलाई पुनर्विचार गरेर तत्काल हटाउनु पर्छ ।”

महासंघका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभावले स्थानीय बजारमा सुनको कारोबार ९० प्रतिशतले घटेको छ ।

निरन्तर मूल्य बढेका कारण बजारमा सुनको माग दैनिक पाँचदेखि १० किलो पनि नभएको शाक्यले बताए ।

उनले भने, “आवश्यक पर्नेले पुराना गहना ल्याएर थपेर नयाँ लिएर जाने गरेको र यस्तो अवस्थामा करले थप मार पारेको छ ।”

हाल मुख्य मुख्य सहरका पसलमा फाट्टफुट्ट सुनको कारोबार भए पनि भित्री सुन पसल भने ठप्प अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार निरन्तर सुनको मूल्य बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति न्यून हुँदा सुनचाँदीको कारोबार बढ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

यसैबीच नेपाल सुनचाँदी व्यवसायीले सुनचाँदीमा लगाइएको विलासिता कर र भ्याट खारेजीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् ।

आगामी आवको बजेटमा सुनचाँदीमा दुई प्रतिशत विलासिता कर र हिरा जुवाहरत र पत्थरको १३ प्रतिशत भ्याट लगाइएकोमा सो कर खारेजीको माग गर्दै व्यवसायी विरोधमा उत्रेका हुन् ।

‘सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेज गर, हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर, उपभोक्ता, कर्मचारी, कालिगडमैत्री ऐन तुरुन्त जारी गर’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर व्यवसायी प्रदर्शनमा उत्रिएका थिए ।

प्रकाशित समय: सोमबार २७ जेठ, २०८२, १४:५८:५०

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०