जीवन विकास अस्पतालको उद्घाटन गर्दै ओलीले गरे ‘जोगी सर’ को तारिफ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् ।

जीवन विकास समाजका संस्थापक तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको अगुवाईमा मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्माण भएको २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल शनिबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

सामाजिक व्यवसायको अवधारणामा मुनाफा वितरण नगर्ने संस्थाको रूपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्षसमेत रहेका सांसद मण्डलले जानकारी दिए ।

उनले अस्पतालले सहुलीयत दरमा नागरिकलाई सेवा प्रवाह गर्ने बताए ।

उनका अनुसार जुनसकै लघुवित्तका सदस्यहरुले जीवन विकास अस्पतालमा सहुलियत दरमा स्वास्थ्य सेवा पाउनेछन् ।

२५ वर्षअघि देखेको अस्पताल सञ्चालन गर्ने सपना आज पुरा गर्न पाउँदा हर्सित भएको उनले बताए ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इच्छाशक्ती भए काम गर्न सकिन्छ भन्ने उदारण सांसद योगेन्द्र मण्डलले दिएको बताए ।

‘विकास अभियान्ताले, जागरण अभियान्ताले कस्तो काम गर्न सक्दा रहेछन् भन्ने नमुना जीवन विकास सामुदायिक अस्पताल बनेको छ,’उनले भने,‘यतै धेरै काम सरकारको प्रयास बिना पनि, व्यक्तीगत र सामुदायिक प्रयासले हुन सक्दा रहेछन् उपयुक्त ढंगको लिडरसीप भयो भने ।’

‘नेतृत्व यस्तै विकास प्रेमी र भिजिनरी हुनुपर्छ उनले भने,‘जनप्रतिनिधि यस्तैं (योगेन्द्र मण्डल तर्फ हेर्दै) हुनुपर्छ, कामको नेता हुनुपर्दछ, कुराको नेता होइन ।’

जीवन विकास अस्पतालले विरामीलाई सस्तो सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

‘उपचार गर्ने कुरालाई प्राथमिकतामा राखेर जसरी अघि बढेको छ, यो चुनौतिपूर्ण काम हो,’उनले भने,‘इन्सुरेन्स नभइकन सम्पन्न भन्दा सम्पन्न देशले पनि गर्न सक्दैनन, तर यस अस्पतालले कुनै पनि विरामीलाई पैसा नभएपनि फर्कन दिन्न भन्ने जुन अठोट गरेको छ, यो दुनियामा बहुत थोरै अस्पतालले मात्रै गर्छन् ।’

अस्पतालले विपन्न र कमजोर अवस्था भएका समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच दिने विश्वास पनि उनले व्यक्त गरे ।

२०० बेड क्षमतामा सञ्चालित अस्पताललाई विस्तार गर्दै लैजाने अस्पताल सञ्चालक समिति सदस्य एवं जीवन विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिककृत संजयकुमार मण्डलले बताए ।

स्वागत मन्तव्य राख्दै उनले जीवन विकाससँग जोडिएका महिलाहरुसँगको आर्थिक कारोबार गर्दा संस्थाले गरेको मुनाफा अस्पतालको रुपमा नागरिकलाई नै फर्काएको बताए ।

‘जीवन विकास समाजले लघुवित्र् सेवा प्रदान गर्दा सरप्ल्स भएको बचत फेरि तपाईहरुलाई नै फर्काएका छौं,’ उनले भने,‘२५ वर्षअघि माननीय योगेन्द्र मण्डलले देख्नु भएको सपना आज साकार भएको छ ।’

उनका अनुसार एउटा कोठाबाट सुरु भएको २४ घण्टे क्लिनिकको विकसित रुप आजको अस्पताल भएको बताए ।

२०५४ सालमा गरिबीरहित नेपालको परिकल्पनासहित स्थापना भएको जीवन विकास समाजले ग्रामीण क्षेत्र तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि लघुवित्त सेवा, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सृजनाको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित समय: शनिवार २५ जेठ, २०८२, २०:२६:४२

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३९ minutes

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
४ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०