सुनसरीको कटान खोला बगरबाट ११ सय केजी गाँजा बरामद

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ जेठ, २०८२
१ वर्षअघि

प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट ११ सय केजी बढी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार हरिनगरा गाउँपालिकाको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा पुरेर लुकाइ रहेको अवस्थामा १ हजार १ सय २० किलोग्राम तयारी गाँजा बरामद गरिएको हो ।

नेपालबाट भारती बजारमा गाँजा तस्करी हुने गरेको छ । तर खोलाको बगरमा कसले गाँजा लुकाएर राखेको हो त्यसबारे पहिचान हुन सकेको छैन । मङ्गलबार बेलुका घुस्कीस्थित प्रहरी चौकीले सूचना पाएपछि देवानगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा वेस क्याम्प बसन्तपुरबाट प्रनानी विष्णुबहादुर दनुवार र जिल्ला प्रहरी कार्यालयबाट प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीबाट सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे, बसन्तपुर बीओपीबाट सहायक प्रहरी निरीक्षक इन्द्रजंग थापाको संयुक्त टोलीले बगर उत्खनन गरी गाँजा बरामद गरेको हो ।

विभिन्न रङ्गका ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको शहीदभूमि गाउपालिका क्षेत्रमा सबैभन्दा बढी गाँजा उत्पादन हुने गरेको छ । सुनसरीको बराहक्षेत्र, विष्णुपादुका हुँदै तस्करले ल्याएको तयारी गाँजा भारतीय तस्करले लिन ढिलाई गरेपछि बगरमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित समय: बुधबार २२ जेठ, २०८२, १२:०१:५३

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
६ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
२ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०