यी हेड सर, जो विद्यालयकै गेटमा बेच्छन् मदिरा र सूर्तीजन्य पदार्थ !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २१ जेठ, २०८२
१ वर्षअघि

रुकुम । रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापक (हेड सर) ले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।

आठबिसकोट नगरपालिका–८ स्थित हिमालय माध्यमिक विद्यालयको मूलगेटमै रहेको स्टेसनरी पसलमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको व्यापार हुने गरेको हो ।

Advertisement

नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीको नेतृत्वमा भएको अनुगमन टोलीले विद्यालयको गेटदेखि करिब तीन मिटरको दुरीमा रहेको पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थको कारोबार हुने गरेको भेटाएको हो ।

उपप्रमुख शाहीका अनुसार स्कुलको मूलगेटमै रहेको विवेक स्टेसनरी तथा किराना पसलमा बियर, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्रीवितरण हुने गरेको पाइएको हो ।

स्टेसनरीका नाममा सञ्चालित पसलभित्र मदिरालगायत विद्यालयपरिसरमा प्रतिबन्धित सामान बेच्ने गरेको पाइएपछि सो पसललाई १० हजार रुपियाँ जरिबाना गरिएको शाहीले जानकारी दिइन् ।

सो पसल सोही विद्यालयका प्रधानाध्यापक नवराज बुढाको हो । प्रधानाध्यापकले नै विद्यालयपरिसरमा रक्सी, चुरोट, सुर्ती बेच्ने गरेको गुनासोपछि अनुगमनमा जाँदा स्टेसनरी तथा किराना पसलभित्र बियर, चुरोट, सुर्ती राखेर बिक्री गर्ने गरेको पाइएको हो ।

विद्यालय क्षेत्रमा विवेक स्टेसनरी तथा किराना पसलको नाममा दर्ता गरेको पसलमा सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले मदिरा र सुर्तीजन्य व्यापार गर्नु दण्डित कार्य भएको नगर उपप्रमुख शाहीको भनाइ छ ।

वडा अध्यक्ष खगेन्द्र विकका अनुसार २०८१ जेठ ३ गतेदेखि आठबिसकोट नगरपालिका–८ को कार्यालयले मदिराजन्य पदार्थ बिक्रीवितरण तथा सेवनमा रोक लगाएको थियो ।

वडाध्यक्ष विकले प्रधानाध्यापक बुढालाई मदिरा बिक्रीवितरण नगर्नु भनेर दुई/तीन पटक सुझाव दिएको तर अटेरी गरेर लुकाएर बिक्रीवितरण गरिरहेको बताए ।

वडामा मदिरा प्रतिबन्ध लगाउँदा प्रधानाध्यापक स्वयम्ले निर्णय पढेर हस्ताक्षर गर्नु भएको तर आफैँले नियमको उल्लङ्घन गरेको उनको भनाइ छ ।

यस विषयमा प्रधानाध्यापक नवराज बुढाले आफूले मदिरा बिक्रीवितरण नगरेको तर चरित्रहत्या गर्नलाई हल्ला फैलाउन खोजिएको बताए ।

आफन्तको विवाहमा मदिरा ल्याएको र बाँकी रहेपछि परिवारका सदस्यले सुत्ने कोठामा राखेका रक्सीका बोतल निकालेर पसलबाट रक्सी बेचेको आरोप लगाइएको उनको भनाइ छ ।

परिवारका अन्य सदस्यले स्टेसनरी र किनारा पसल सञ्चालन गरेका तर मदिरा बिक्री नगरेको उनले जनाए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०