आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ अर्थात् १९.१ प्रतिशत रहेको बताए ।

Advertisement

उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च मध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रहेको उनले बताए ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने आन्तरिक ऋणबाट व्यहोरिने उनले बताए ।

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो । तर, सो बजेटलाई मध्यावधी समीक्षामार्फत् ९.०१ प्रतिशतले बजेट कटौती गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको लागि तीन करोडभन्दा कम लागतका आयोजना संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिएको समेत अर्थमन्त्री पौडेलले बताएका छन् । उनले प्रस्तावित बजेट कार्यान्वयन गर्दा ६ प्रतिशतले आर्थिक वृद्धि हुने समेत बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०