बिर्तामोडमा खुल्यो साङ्केन क्रिएसन, किराती भेषभूषादेखि खाद्यान्नसम्म पाउने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ ब‌ैशाख, २०८२
१ वर्षअघि

बिर्तामोड । झापाको बिर्तामोडमा किराती भेषभूषादेखि परम्परागत खाद्यन्नसम्म उपलब्ध गराउने उद्देश्यले साङ्केन क्रिएसन सञ्चालनमा आएको छ ।

बिर्तामोडस्थित षोडसी भवनमा बुधबार एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले साङ्केन क्रिएसनको उद्घाटन गरेका थिए ।

विगत १० वर्षअघिदेखि काठमाण्डौमा सञ्चालन हुँदै आएको साङ्केन क्रिएसनले बिर्तामोडमा शाखा स्थापना गर्दै सञ्चालनमा आएको उद्यमी गौरीमान राईले जानकारी दिए ।

जातीय पहिरनको माग उच्च रहेको हुँदा उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै झापा बिर्तामोडमा सेवा विस्तार गरेको उनले बताए ।

उनका अनुसार क्रिएशनबाट किरातीहरुको पहिचान झल्किने गरगहना, भेषभूषादेखि किरात मौलिक बाजा, परम्परागत खाद्यन्न उपलब्ध हुनेछ ।

उद्घाटनको क्रममा युवा उद्यमी राईले यो व्यापारसँग मात्र नभई संस्कृति र पहिचानसँग पनि जोडिएको क्षेत्र भएकाले नयाँ पुस्ताका लागि आफ्नो भेषभूषाका विषयमा जान्ने, सिक्ने अवसर पनि बताए ।

सञ्चालक राईका बुबा शेरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा झापा अध्यक्ष गणेश राई लगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा सञ्चालककी आमा पवित्रा राई, वाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, किरात याक्थुङ चुम्लुङ झापाकी सचिव भिममाया कन्दङ्वा, किरात धर्मका अभियान्ता सरीता लिङ्देन लगायतको आतिथ्य रहेको थियो ।

पसलबाट किरात समुदायको सांस्कृतिक भेषभूषा, बुन्छेत, सिलाम साक्मा, धजुरी–पेचुरी, वाबुक, खुर्मी, किराती गरगहना लगायत सम्पूर्ण सामग्री पाइने सञ्चालक राईले बताए ।

उनले अनलाइन अर्डर र होम डेलिभरीको व्यवस्था रहेको पनि जानकारी दिए ।

प्रकाशित समय: बुधबार २४ ब‌ैशाख, २०८२, २१:०३:४७

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१३ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१६ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०