निर्दयी आमाबुबा, जसले नौ वर्षीय छोराको हत्या गरेर जमिनमुनि गाडे

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

कोहलपुर । बाँकेमा आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका-११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरूले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएको थियो ।

कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव गाडिएको अवस्थामा बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा सोमबार बेलुका भेटिएको थियो ।

गाई भैँसी चराउन गएका गाउँका वृद्धहरूले नौलापुरमा सडेको दुर्गन्ध पाएपछि हेर्दा बालकको खुट्टा जमिनमुनिबाट बाहिर निस्किएको पाइएको थियो ।

बालकको शव देखेर उनीहरूले स्थानीय जनप्रतिनिधिलाई खबर गरेको र जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतक बालकका बुवाको मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसँग दोस्रो विवाह गरेकोले ती बालक उनीहरूसँगै कोहलपुरमा बस्दै आएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएको थियो ।

मृतक कुशलका हजुरबा आमाले पनि सौतेला बुवा योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव जमिनमुनि गाडेर घटना लुकाउन खोजेको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

दुबै जनाले मिलेर बालकको हत्या गरेर शव गाडिसकेपछि आएर प्रहरीलाई वैशाख ८ गते बालक हराएको भनि जानकारी गराएका थिए ।

तर, खोजतलासमा कुनै चासो नदेखाएकोले उनीहरूमाथि शंका लागेको र अनुसन्धान गर्दा उनीहरूले नै घटना गराएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले ती दुबै जनालाई जिल्ला अदालत बाँकेमा पेस गरेर पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०