निर्दयी आमाबुबा, जसले नौ वर्षीय छोराको हत्या गरेर जमिनमुनि गाडे

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ ब‌ैशाख, २०८२
१ वर्षअघि

कोहलपुर । बाँकेमा आफ्नै नौ वर्षीय छोराको हत्या गरेर शवलाई जमिनमुनि गाड्ने आमा र सौतेला बुबालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिका-११ हरियाली मार्गमा कोठा भाडामा लिएर बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

उनीहरूले मिलेर आफ्नो नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरेर शव जमिनमुनि गाडेको थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख रेसमलाल पौडेलले कुशल बुढाको शव जमिनमुनि गाडिएको अवस्थामा भेटिएको थियो ।

कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत नौ वर्षीय बालक कुशल बुढाको शव गाडिएको अवस्थामा बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा सोमबार बेलुका भेटिएको थियो ।

गाई भैँसी चराउन गएका गाउँका वृद्धहरूले नौलापुरमा सडेको दुर्गन्ध पाएपछि हेर्दा बालकको खुट्टा जमिनमुनिबाट बाहिर निस्किएको पाइएको थियो ।

बालकको शव देखेर उनीहरूले स्थानीय जनप्रतिनिधिलाई खबर गरेको र जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार मृतक बालकका बुवाको मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरक नाथ योगीसँग दोस्रो विवाह गरेकोले ती बालक उनीहरूसँगै कोहलपुरमा बस्दै आएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा सौतेला पिता निरकनाथ योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको पाइएको थियो ।

मृतक कुशलका हजुरबा आमाले पनि सौतेला बुवा योगी र सहोदर आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव जमिनमुनि गाडेर घटना लुकाउन खोजेको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

दुबै जनाले मिलेर बालकको हत्या गरेर शव गाडिसकेपछि आएर प्रहरीलाई वैशाख ८ गते बालक हराएको भनि जानकारी गराएका थिए ।

तर, खोजतलासमा कुनै चासो नदेखाएकोले उनीहरूमाथि शंका लागेको र अनुसन्धान गर्दा उनीहरूले नै घटना गराएको खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुबैलाई पक्राउ गरेर कर्तव्य ज्यानमा मुद्दा चलाई अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले ती दुबै जनालाई जिल्ला अदालत बाँकेमा पेस गरेर पाँच दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०