सुनसरीका किसानले लौका फलाएरै कमाउँछन् चार लाख रुपैयाँ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ ब‌ैशाख, २०८२
१० महिनाअघि

विराटनगर । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला सुनसरीका किसानले लौका फलाएरै एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।

सुनसरीको गढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उनले वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेका छन् ।

सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको उनको भनाइ छ ।

ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताउँदै उनले बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको सुनाए ।

एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी उनले दिए । कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए ।

लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरे ।

प्रकाशित समय: मङ्गलबार १६ ब‌ैशाख, २०८२, ०९:४७:२९

सम्बन्धित खबर

गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
शनिवार २३ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको रवीन्द्र मिश्रको घोषणा 
शनिवार २३ फाल्गुण, २०८२
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०