बच्चाहरूले लाइटर खेलाउँदा आगलागी : जलेर भाइको मृत्यु, भागेर दिदीले जोगाइन् ज्यान

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ ब‌ैशाख, २०८२
१ वर्षअघि

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँ गाउँ ओखर रुखकी मनि नेपाली छोरा बिवेकको जलेर मृत्यु भएको छ ।

बच्चाहरूले लाइटर खेलाउँदा भएको आगलागीमा जलेर भाइको मृत्यु भएको छ भने दिदीले ज्यान जोगाएकी छन् ।

Advertisement

मनि नेपालीका तीन छोराछोरी थिए । आकाश, अस्मी र बिवेक । उनीहरू स्थानीय विद्यालयमा पढ्छन् । 

शिक्षक आन्दोलनको कारण लामो समयदेखि घरमै छन् । आमा मनि नेपालीले जेठो छोरा आकाशलाई मकै छर्न बारीमा लिएर गएकाले घरमा अस्मि र बिवेक मात्रै थिए ।

शुक्रबार कडा गर्मी थियो । दिदिभाईले लाइटर निकालेर खेलिरहेका बेला भाइ बिवेकले गोठ नजिकको घाँसको थुप्रोमा आगो लगाए ।

दिदी अस्मि भागेर चिच्याइन् । तर, भाइ गोठभित्र पसेकाले भाग्न पाएनन्, जलेर मृत्यु भएको छिमेकी विष्णु कुवरले बताए ।

मनि नेपालीका श्रीमान् कामको सिलसिलामा भारतमा छन् । गाउँका अत्यन्तै विपन्न परिवारलाई आगलागी हुँदा छोरा गुमाउनु परेको पीडाले विक्षिप्त बनाएको कुवरले बताए ।

आगलागी भएको केही बेरमा स्थानीय र प्रहरीको टोली जुटे पनि केही गर्न सक्ने अवस्था थिएन ।

६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

आगोले ढुंगा माटोले बनेको टिनले छाएको दुईतले कच्ची गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बालकको शव पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा तम्घासमा राखिएको प्रहरीले जनाएको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले घटनाले निकै दुखी बनाएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१५ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०