इलाम । इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् ।
माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।
हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए ।
घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताए ।
दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने मानाचामलसम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ ।
केही समयअघि मुद्दाकै क्रममा अदालत पुगेका दुलाल र चापागाईँबीच पनि अदालत परिसरमा विवाद भएको थियो ।
हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।