विश्वका धनी व्यक्तिहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान कहाँ ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ चैत, २०८१
२ हप्ताअघि

विराटनगर । अहिलेको विश्वमा सबैभन्दा धनी व्यक्तिको रूपमा इलन मस्क छन् । फोर्ब्सले हालै सार्वजनिक गरेको दुई हजार नौ सय ३३ जना धनीको सूचीमा टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क पहिलो स्थानमा छन् ।

७ मार्च २०२५ सम्ममा रकेट निर्माता कम्पनी स्पेस एक्स, एक्स (ट्विटर)का समेत मालिक मस्कको सम्पत्ति तीन सय ४२ अर्ब डलर पुगेको छ । फोब्र्सले सन् १९८७ देखि नै यस्तो सूची तयार पार्दै आइरहेको छ । स्टक बजारमा सम्बन्धी व्यक्तिहरूको कम्पनीको मूल्य, विनिमय दर लगायतको आधारमा यस्तो सूची तयार पार्दै आएको छ ।

फोब्र्सले हरेक दिनको रियल टाइम तथ्यांक समेत तयार गर्छ । यस आधारमा पनि मस्क तीन सय ६२ अर्ब डलर सहित पहिलो स्थानमा छन् । ७ मार्चसम्मको आधारमा दोस्रो स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन्। उनीसँग २ सय १६ अर्ब डलर बराबरको सम्पत्ति छ ।

तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोज छन् । उनीसँग दुई सय १५ अर्ब डलर बराबर सम्पत्ति छ । भारतबाट सबैभन्दा धनीको सूचीमा अग्रस्थानमा मुकेश अम्बानी छन् । उनी यो सूचीको १८ औं स्थानमा छन् ।

रिलायन्स इण्डष्ट्रीजका मालिक अम्बानीलाई भारतबाट भने गौतम अदानीले पछ्याइरहेका छन् । ५६ अर्ब डलर सम्पत्ति सहित अदानी यो सूचीको २८ औं स्थानमा छन् ।

नेपालका एक मात्र अर्ब डलरपति व्यवसायी विनोद चौधरी यो सूचीको एक हजार सात सय ६३ औं स्थानमा छन् । उनको सम्पत्ति दुई अर्ब डलर बराबर छ ।

प्रकाशित समय: सोमबार २४ चैत, २०८१, १८:२९:४२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०