आश्विनी बने आईपीएल डेब्यु खेलमा चार विकेट लिने पहिलो भारतीय बलर

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ चैत, २०८१
१ वर्षअघि

काठमाडौं – जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमा मुम्बई इन्डियन्सका आश्विनी कुमारले चार विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङमा तेस्रो खेलमा मुम्बईले पहिलो जित दर्ता गरेको छ।

सोमबार राति कोलकता नाइट राइडर्सविरूद्धको खेलमा मुम्बई इन्डियन्सका देब्रेहाते तीव्र गतिका बलर अश्विनी कुमारले तीन ओभरमा मात्र २४ रन खर्चिएर चार विकेट लिएका हुन्। उनी आईपीएलको डेब्यु खेलमा चार विकेट लिने पहिलो भारतीय बलर बनेका छन्।

सोमबारको खेलमा डेब्यु गरेका उनले आईपीएलको आफ्नो पहिलो बलमै कोलकताका कप्तान अजिन्का राहाणेको विकेट लिए। उनले कोलकताका कप्तान रहाणेसँगै रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेलको विकेट लिएका हुन्। तीन ओभर मात्र बलिङ गरेका उनले पाण्डे र रसेललाई बोल्ड आउट गरेका हुन्।

उनलाई मुम्बईले अक्सनमा ४० लाखमा आवद्ध गराएको हो। माहालीमा जन्मिएका उनी पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृष्ट बलिङ गरेर चर्चामा थिए।

२३ वर्ष २१५ दिनका आश्विनीको उत्कृष्ट बलिङमा मुम्बईले कोलकतालाई १६.२ ओभरमा ११६ रन बनाउँदा अलआउट गरेको थियो।

आश्विनीले ऐतिहास बनाएको सोमबार भएको तेस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४३ बल बाँकी हुँदा मुम्बईले ८ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो। मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए। ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे।

त्यस्तै सूर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए। विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किएका थिए।

कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए। २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिएका थिए।

त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता १६.२ ओभरमा अलआउट हुनुअघि ११६ रन बनाएको थियो। उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए। त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए।

मुम्बईका अश्वनी कुमारले चार विकेट लिएको खेलमा दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए।

प्रकाशित समय: मङ्गलबार १८ चैत, २०८१, ०७:४९:१६

सम्बन्धित खबर

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
१४ घण्टाअघि

इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु

मङ्गलबार २३ भदौ, २०८३
२२ घण्टाअघि

मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ

मङ्गलबार २३ भदौ, २०८३
२३ घण्टाअघि

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२ दिनअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
२ दिनअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
२ दिनअघि
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०