‘आन्दोलनमा जाने कुरो चल्यो ।’
ऊ, अनि ऊ साथी साथी थिए । व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दै जिद्दी गर्न थाल्यो । आन्दोलन भनेसी, कृष्णको दिमाग तात्छ । उसलाई आन्दोलन मन पर्दैन । ऊ आफैँ विगत धेरै विगत व्यवस्था परिवर्तन गर्न आन्दोलनकारी भूमिकाको पनि पात्र थियो । व्यवस्था त परिवर्तन भए । अवस्था परिवर्तन हुन सकेन ।
कृष्णले उसलाई भन्यो, ‘के का लागि आन्दोलन ? व्यवस्था परिवर्तन कि अवस्था परिवर्तन !’
उसलाई विगतको आन्दोलनहरूमा कृष्णले लिएर गाको त्यो पैंचो उसले मागेको पो हो कि ? त्यो कृष्ण पात्रको मनले बुझ्यो । र, भन्यो, ‘हुन्छ, म तेरो लागि जाने भए यार ।’ तर म कसैलाई केही भए नागरिक स्वयम सेवकको रूपमा खट्नेछु । न आन्दोलनकारी पक्षमा हुन्छु । न सरकार पक्षमा ।
विशाल आन्दोलन शुरु छ । कृष्ण पात्र छेऊ कुनोमा छ । अश्रु ग्याँस क्षेप्यास्त्र छ । आँखा पोल्दैछ । मिच्दैछ आँखा । एकातिर घर दनदनी बलिरहेको देख्दैछ । मर्ने मरिरहेको देख्दैछ । संगै आएको साथी देख्दैन । ढल्यो कि के हो ? मनमा पिर लिन्छ । इतर बितर भएका छन् भिँडहरू । ऊ टुपलुक्क आयो । रुँदै आयो कृष्ण छेऊ । सोध्यो, ‘के भयो ? लौरो खाइस ?’ ऊ रुँदै छ । भन्न सकिरहेको छैन । बल्ल, बल्ल मुख खोल्यो । ‘सिक्री हरायो ।’
त्यहीबेला युट्युब च्यानल समाचारदाता छेऊमा उभिएको थियो । र, सुन्नेबित्तिकै क्यामेरा तेर्साएर समाचार प्रसारण गरिदिहयो । ‘सिक्री हराएको मान्छे ।’
च्यानललाई हट्न आग्रह गर्यो । साथीलाई सम्झायो ।
‘हरिवंश पनि त चिना हराएका मान्छे हुन नि ?’
000000
विराटनगर-६,ममता-मार्ग ।
मितिः २०८१/१२/१६