काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार चार सय बढेर तोलामा रू. एक लाख ७६ हजार दुई सय कायम भएको हो ।
बिहीबार प्रतितोला रू. एक लाख ७४ हजार आठ सयमा सुन कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू. २० बढेर रू. दुई हजार ४० कायम भएको छ ।