लघुकथा : घराना

-ऋषि तिवारी
बुधबार १२ चैत, २०८१
२ वर्षअघि

‘बाबा रमिताको घरमा ट्युसन पढाउने सर आउनुहुन्छ, म पनि उतै पढ्न जान्छु है ।’

छोरोले भनेको थियो यसरी मलाई, छोरीले पनि उसरी नै भाइको साथ-साथ भनिन्, ‘हो बाबा । हामी रमिताको घरमा दिदी-भाइ पढ्न जाने । सरसँग कुरो गर्नु है ।’

Advertisement

छोराछोरीको पढ्ने-लेख्ने चाहानामा किन खुट्टा अल्झाइदिनु भन्दै रमिताको घर पुग्ने विचार लिँदै थिएँ ।

रमिताको बाबा-ममी अलिक घमण्ड-स्वार्थझैं लाग्दथ्यो मलाई । तर मेरो मन मष्तिकले सोचेको थियो ।

सोचेभन्दा फरक थियो । उनीहरूकी एउटी छोरी । चनचले छोरी । बाटामा जे आएपनि किनेर खाने स्वाभावकी थिइन् ।

उनी बाटोमा किन्न निस्किँदा उनीजस्तै छिमेकी साथीहरू पनि निस्किन्थें ।

कोही किन्थे, कोही टुलुटुलु हेर्थे । ती छिमेकी केटाकेटीहरू पैसावालका छोराछोरी थिएनन् ।

उनीहरू विवश अभिभावका अन्जान छोराछोरी थिए ।

रमिताको घर पुगें । मास्टर पनि पढाउन आइसकेका रहेछन् ।

उनको ममी-बाबालाई देखेर नमस्कार फर्काएँ । साथमा मास्टरलाई पनि नमस्काररूपी अभिवादन गरें ।

छिमेकी दाइ-भाउजु हुन् । म पहिलोपल्ट रमिताको घर प्रवेश गरेको थिएँ ।

भाउजुले भन्नु भएको थियो, ‘बाबु के कामले आउनु भएको थियो कुन्नि ?’

मैंले जवाफ दिएको थिएँ, मेरो छोरो विकास र छोरी रन्जु पनि ट्युसन पढ्छु भन्छन्, के गर्नु पढाउनु पर्‍यो, लेख्न सिकाउनु पर्‍यो ।’

भाउजु भन्नुहुन्थ्यो, ‘हुन्छ नि बाबु पठाइदिनू, भोलिदेखि । हजुरको छोराछोरीसँग मेरो छोरी पनि सँगै पढ्छे । म मास्टरसँग कुरो गर्दिन्छु ।’

यति भनेपछि मन ढुक्क भो । मैंले सोचेको भन्दा फरक पाएँ रमिताका बाबा ममी । अलिक इज्जत गर्ने खालको हुनुहुँदो रहेछ ।

‘बाबु चिया खाएर जानुस् हैं ।’ म भन्थें- ‘हवस भाउजु भो । ऊ हेर्नुस त मेरी पत्नीले चिया पकाइसकेर छतमा हातमा चियाको गिलास लिएर मलाई पर्खिरहेकी छे ।’

म घरको बाटो सोझिएँ ।

छोराछोरी भन्न थालें- ‘बाबा कुरो गरिस्यो ?’ मैंले भनें- ‘बाबु कुरो त गरे, तर हामी उनीहरूभन्दा जे कुरोमा पनि कमी छौं । ठुला घरानाका हुन् । ठुलो बाबा, ठुलो ममी र रमितालाई बहिनी भन्नु है । तिमीहरूले पढ्दै-लेख्तै गर्दा इज्जत कसरी गर्नुपर्छ त्यो पनि सिके वेश हुन्छ नि !’

बीचमै छोरोले कुरो काट्यो, ‘बाबा घराना भनेको के हो ?’

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|२९

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०