चिथाेर्नु छैन आकाश
टुक्रा-टुक्रा पार्नु छैन धर्ती
गिराउनु छैन स्वाभिमान
गाँस्नु छ मात्र शब्द भाव
उनेर दीगाे शिरफूलहरू
लगाएर रक्तिम ललाटमा
उज्यालो मुहारमा टीका
गरेर हर बखत पूर्वी यात्रा
अंगालेर पृष्ठभूमिकाे मापन
बाेकेर मानवियताकाे परिचय
हृदयमा सजाएर धाैलागिरी
उच्च कालिञ्चाेकमा हिउँकाे वर्षा ।
भलाकुसारी गर्दै ऋतु राजसँग
निरन्तरताको आस्था बाेकेर
आफ्नै भूगाेल साँध र सिमानामा
फहाराउनु छ लाला झण्डा ।
–दाेलखा