पात सकिएर नाङ्गिए पनि
फूल फूलेर झाँङ्गिए पनि
बगैंचामा लगाएपछि
मनको आशा पलाएपछि
सुगन्धित होस् ! नहोस्
मन परेको फूल प्यारो लाग्छ ।
टिपे ओइलिजाला भन्ने डर
नटिपे अर्कोले ला ला भन्ने डर
मनले चाहेपछि,जति गरे पनि
आशाको किरणहरू जाग्दारहेछन् ,
मायाको सुगन्ध मिसिएर
मनको तिर्सना सम्झिएर
जोगाइ राखेको फूल न हो त्यो,
जून मन परेपछि पर्यो पर्यो
र त लाग्न थाल्छ म परेको फूल,
सुके पनि रसिलो ।
लाञ्छना लगाउनेले लगाउदै गरोस्
कु कृत्य गर्नेले गर्दै गरोस्
कुनै मतलब हुँदैन, फक्रीएको फूललाई,
चडाउनेले चडाउदै गरोस्
चुम्नेले चुम्दै गरोस्
जोगाउनेले जोगाउँदै गरोस्,
मन परेको फूल
सदाबहार फुलिरहन्छ
यो मन भुलिरहन्छ ।
-गैडहवा गाँउपालिका-९ रूपन्देही