लहानमा जातीय विभेदको चरम रूप : महायज्ञ सफल बनाउन दलितलाई उठिवास

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
२ वर्षअघि

लहान । सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहेका दलित दीपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ ।

चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आइरहेका उनलाई अन्यत्र सारिएको हो ।

Advertisement

आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नुपरेको दिपक मरिककी श्रीमती अनिता मरिकले जानकारी दिइन् ।

उनले भनिन्, “गाउँमा एक घर मात्र डुमको घर छ । गाउँले गरेको निर्णय मान्नै पर्यो । सबैले सहमति गरेर त्यही वडामा पर्ने श्री सुन्दर माध्यमिक विद्यालय औरहीको पश्चिम हुलाकी सडकको कल्भर्टको पानी बग्ने विद्यालयको दुई धुर जग्गामा दुई कोठाको फुसको घर बनाइदिएको छ । न त्यहाँ खानेपानी न विद्युत केही छैन । खानेपानीको लागि निकै टाढा जानुपर्ने बाध्यता छ । वर्षको सययमा जम्ने पानीले फेरि विस्थापित हुनुपर्ने डरले झन् सताएको छ ।”

विष्णु महायज्ञको लागि दिपक मरिक बसेको स्थान चयन भएदेखि नै महायज्ञको आयोजना गर्ने बजरंगी बाबाले अछुतो मान्ने डुमको आगाडि कसरी महायज्ञ गर्ने ? शर्त राखेपछि औरही गाउँका महायज्ञ गर्नेहरूले बैठक बसेर दिपक मरिकको परिवारलाई घर खाली गराउन गाउँलेहरू सहमति गरेपछि औरही गाउँपालिकाको जेसीवी लगाएर घरमा कोहि नभएको बेला घर भत्काएको थियो ।

घर रहेको ठाउँको दुई फिट माटो समेत हटाएर त्यस ठाउँलाई शुद्धिकरण गरिएको छ ।

दीपक मरिकलाई घर खाली गराउन कुनै मानसिक सामाजिक दवाव नदिएको गाउँपालिका अध्यक्ष शिवजी यादवको भनाइ छ ।

उनका अनुसार २०८१ फागुन ११ गते घर खाली गर्ने दीपक मरिकले स्वयम मञ्जुरीनामा कागज गरेपछि घर खाली गराएको हो ।

उनले भने, “सहमतिमा नै त्यस ठाउँमा कृषि बजार व्यवस्थापन गर्न ठेक्का टेण्डर लागाउने कार्य अघि बढेपछि सहमति पत्रमा हस्ताक्षर गरेपछि सुरक्षित ठाउँमा घर बनाइदिएको हो । एक दुई दिनमै खानेपानी र विजुलीको व्यवस्था मिलाइनेछ । यसलाई गलत प्रचार गरेर महायज्ञ हुन नदिइन विपक्षीले षड्यन्त्र गरिरहेको छ ।”

राष्ट्रिय दलित आयोगको सदस्य समेत रहनुभएको कबुली पासवानले जनता आवास कार्यक्रम अन्तर्गत दिपक मरिकको घर निर्माण गरिएको भन्दै घरमा कोहि नभएको समयमा गाँउपालिका अध्यक्ष शिवजी यादवले डोजर लगाएर घर भत्काई विष्णु महायज्ञको आयोजना गरिरहेको दाबी गरे ।

“मधेशमा दलित समुदायमाथि विभेद छ । त्यसमा डुम समुदायमाथि धर्मको नाउँमा भइरहेको विभेदले संविधानले दिएको अधिकार समेत खोसिरहेको छ,” उनले भने ।

सिरहा जिल्लामा दलित समुदायमाथि पटक पटक सामाजिक विभेद भइरहेका छन् ।

न्याय पाउन नसकिरहेको घट्ना सेलाउन नपाउँदै महायज्ञकाे नाममा दलितका लागि विस्थापित गर्ने घटनाकाे छानबिन गरी दोषी जो कोहि भएपनि कारबाही हुनुपर्ने मानव अधिकारवादी अगुवा राजकुमार राउतको माग छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०