लहानमा जातीय विभेदको चरम रूप : महायज्ञ सफल बनाउन दलितलाई उठिवास

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
१ महिनाअघि

लहान । सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहेका दलित दीपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ ।

चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आइरहेका उनलाई अन्यत्र सारिएको हो ।

आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नुपरेको दिपक मरिककी श्रीमती अनिता मरिकले जानकारी दिइन् ।

उनले भनिन्, “गाउँमा एक घर मात्र डुमको घर छ । गाउँले गरेको निर्णय मान्नै पर्यो । सबैले सहमति गरेर त्यही वडामा पर्ने श्री सुन्दर माध्यमिक विद्यालय औरहीको पश्चिम हुलाकी सडकको कल्भर्टको पानी बग्ने विद्यालयको दुई धुर जग्गामा दुई कोठाको फुसको घर बनाइदिएको छ । न त्यहाँ खानेपानी न विद्युत केही छैन । खानेपानीको लागि निकै टाढा जानुपर्ने बाध्यता छ । वर्षको सययमा जम्ने पानीले फेरि विस्थापित हुनुपर्ने डरले झन् सताएको छ ।”

विष्णु महायज्ञको लागि दिपक मरिक बसेको स्थान चयन भएदेखि नै महायज्ञको आयोजना गर्ने बजरंगी बाबाले अछुतो मान्ने डुमको आगाडि कसरी महायज्ञ गर्ने ? शर्त राखेपछि औरही गाउँका महायज्ञ गर्नेहरूले बैठक बसेर दिपक मरिकको परिवारलाई घर खाली गराउन गाउँलेहरू सहमति गरेपछि औरही गाउँपालिकाको जेसीवी लगाएर घरमा कोहि नभएको बेला घर भत्काएको थियो ।

घर रहेको ठाउँको दुई फिट माटो समेत हटाएर त्यस ठाउँलाई शुद्धिकरण गरिएको छ ।

दीपक मरिकलाई घर खाली गराउन कुनै मानसिक सामाजिक दवाव नदिएको गाउँपालिका अध्यक्ष शिवजी यादवको भनाइ छ ।

उनका अनुसार २०८१ फागुन ११ गते घर खाली गर्ने दीपक मरिकले स्वयम मञ्जुरीनामा कागज गरेपछि घर खाली गराएको हो ।

उनले भने, “सहमतिमा नै त्यस ठाउँमा कृषि बजार व्यवस्थापन गर्न ठेक्का टेण्डर लागाउने कार्य अघि बढेपछि सहमति पत्रमा हस्ताक्षर गरेपछि सुरक्षित ठाउँमा घर बनाइदिएको हो । एक दुई दिनमै खानेपानी र विजुलीको व्यवस्था मिलाइनेछ । यसलाई गलत प्रचार गरेर महायज्ञ हुन नदिइन विपक्षीले षड्यन्त्र गरिरहेको छ ।”

राष्ट्रिय दलित आयोगको सदस्य समेत रहनुभएको कबुली पासवानले जनता आवास कार्यक्रम अन्तर्गत दिपक मरिकको घर निर्माण गरिएको भन्दै घरमा कोहि नभएको समयमा गाँउपालिका अध्यक्ष शिवजी यादवले डोजर लगाएर घर भत्काई विष्णु महायज्ञको आयोजना गरिरहेको दाबी गरे ।

“मधेशमा दलित समुदायमाथि विभेद छ । त्यसमा डुम समुदायमाथि धर्मको नाउँमा भइरहेको विभेदले संविधानले दिएको अधिकार समेत खोसिरहेको छ,” उनले भने ।

सिरहा जिल्लामा दलित समुदायमाथि पटक पटक सामाजिक विभेद भइरहेका छन् ।

न्याय पाउन नसकिरहेको घट्ना सेलाउन नपाउँदै महायज्ञकाे नाममा दलितका लागि विस्थापित गर्ने घटनाकाे छानबिन गरी दोषी जो कोहि भएपनि कारबाही हुनुपर्ने मानव अधिकारवादी अगुवा राजकुमार राउतको माग छ ।

प्रकाशित समय: बिहिबार ६ चैत, २०८१, १७:०४:०१

सम्बन्धित खबर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१२ घण्टाअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
२ दिनअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
१ हप्ताअघि

१६ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ, चार वर्षयता गराउँदै थिए यौन धन्दा

बिहिबार २७ चैत, २०८१
२ हप्ताअघि

ग्रामथानकी १५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

सोमबार २४ चैत, २०८१
२ हप्ताअघि

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने

बुधबार १९ चैत, २०८१
३ हप्ताअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०