ताप्लेजुङ । ताप्लेजुङमा आगोबाट बच्नलाई भाग्दै गरेका एक वृद्धको बारीको डिलबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादीनका ७५ वर्षीय सुरेन्द्र तामाङ रहेका छन् ।
बुधबार दिउँसो आगोबाट बच्नलाई भागेका उनको बारीको डिलबाट लडेर मृत्यु भएको ताप्जुङका प्रहरी नायब उपरीक्षक (डिपएसपी) रवि रावलले जानकारी दिए ।
उनका अनुसार तामाङको खुट्टामा आफ्नै बारीमा झ्यास डढाउने क्रममा एक्कासि ठूलो बलेको आगोले पोलेको थियो ।
आगोले खुट्टा पोलेपछि जोगिनलाई भाग्ने क्रममा बारीको डिलबाट उनी लडेका थिए ।
लडेर तामाङ ७/८ मिटर तल झरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।