विराटनगर । नेपाली बजारमा मंगलबार (आज) पहेँलो धातु सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज ११ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख ७५ हजार २०० कायम भएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।