खडेरीले आजित छन् ताप्लेजुङका किसान, पानी माग्दै गरे नदीमा पूजा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ चैत, २०८१
२ वर्षअघि

ताप्लेजुङ । खडेरीले आजित बनेका ताप्लेजुङका किसानले आइतबार पानी माग्दै तमोर नदीमा पूजा-आजा गरेका छन् ।

पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् ।

Advertisement

ईन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वाससहित उनीहरूले तमोर नदी र काबेली खोलाको संगमस्थल त्रिवेणीमा पानी माग्दै वर्षा र सहकालका देवता मानिने ईन्द्र भगवानको पूजा गरेका हुन् ।

लामो समयदेखि पानी नपरेका कारण बोका बलि चढाउँदै इन्द्र भगवानको पूजा गरिएको फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लिम्बूले जानकारी दिए ।

वडाध्यक्ष सेन्दाङका अनुसार ईन्द्र भगवानको पूजा गरे पानी पर्ने जनविश्वास रहेकाले स्थानीय किसानले नदी किनारमा गएर पूजा आयोजना गरिएको हो ।

उनले लामो खडेरीका कारण समयमा खेतीबाली लगाउन नपाएको र लगाएको बाली सुक्न थालेपछि पानी माग्दै पूजा गर्नु रहर नभइ बाध्यता भएको बताए ।

फूलबारीका पाँच दर्जन बढी किसान परिवारले संयुक्त रूपमा तमोर नदीमा पूजा आयोजना गरेको पनि उनले जानकारी दिए ।

लामो समयसम्म खडेरी पर्दा ग्रामीण क्षेत्रमा पानी माग्दै ईन्द्र भगवानको पूजा गर्ने साथै भ्यागुताको विवाह गर्नेलगायतको प्रचलन रहिआएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०