सडेको अवस्थामा भेटियो हात्ती, दाराको टुप्पो काटेर राखियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २९ फाल्गुण, २०८१
२ वर्षअघि

बिर्तामोड । झापाको जलथलको जंगलमा सडेगलेको अवस्थामा जंगली हात्ती फेला परेको छ ।

कचनकवल गाउँपालिका-७ स्थित पाथीभरा सामुदायिक वनमा बुधबार साँझ सडेगलेको अवस्थामा जंगली हात्ती फेला परेको हो ।

Advertisement

करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो ।

जंगलमा मृत हात्तीलाई अन्य ३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् ।

बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो ।

त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए ।

हात्तीको दाराको टुप्पो काटिएको छ । हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए ।

झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए ।

यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०