ताप्लेजुङमा चर्को विरोध भइरहेका चन्द्र ढकालले खोजे कागज उद्योग, ओलीले गरे उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ फाल्गुण, २०८१
१ वर्षअघि

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चद्र ढकालले नयाँ प्रविधिमा आधारित कागज उद्योग सञ्चालनमा ल्याएका छन् ।

ढकालको नेतृत्वमा महोत्तरीमा २ अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग स्थापना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गरेका हुन् ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले उद्योग उद्घाटन गर्दै उद्योग स्थापनाले चुलो-चौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताए ।

उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए ।

उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।’’

आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भएर आयात कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

यस उद्योगले करिब तीन सयको रोजगारी दिने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले पाथीभरा केबलकार निर्माण सुरु भएपछि जिल्लाबाहिरका मानिसहरु गएर बिरोध गरेको पनि बताए ।

बुधबार महोत्तरीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग नेपाल पल्प एण्ड पेपर इड्रट्रिजको उद्घाटन कार्यक्रममा ढकालले पाथीभरा स्थानीय मागको परियोजना भएको बताए ।

उनकाअनुसार त्यहाँको पर्यावरण कायम गरेर केबलकार निर्माण गर्न लागिएको हो ।

मेगा आयोजना सुरु भएपछि जिल्ला बाहिरबाट गएर अवरोध भएको भन्दै उनले गुनासो गरे । यसले विदेशी लगानीलाई समेत प्रभावित पार्ने उनको भनाइ छ ।

प्रकाशित समय: बिहिबार २२ फाल्गुण, २०८१, १९:५५:५०

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२२ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०