ताप्लेजुङमा चर्को विरोध भइरहेका चन्द्र ढकालले खोजे कागज उद्योग, ओलीले गरे उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ फाल्गुण, २०८१
२ वर्षअघि

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चद्र ढकालले नयाँ प्रविधिमा आधारित कागज उद्योग सञ्चालनमा ल्याएका छन् ।

ढकालको नेतृत्वमा महोत्तरीमा २ अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग स्थापना भएको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गरेका हुन् ।

महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरे ।

प्रधानमन्त्री ओलीले उद्योग उद्घाटन गर्दै उद्योग स्थापनाले चुलो-चौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताए ।

उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए ।

उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।’’

आइएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भएर आयात कम गर्न सहयोग पुग्ने अध्यक्ष ढकालले बताए ।

यस उद्योगले करिब तीन सयको रोजगारी दिने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले पाथीभरा केबलकार निर्माण सुरु भएपछि जिल्लाबाहिरका मानिसहरु गएर बिरोध गरेको पनि बताए ।

बुधबार महोत्तरीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग नेपाल पल्प एण्ड पेपर इड्रट्रिजको उद्घाटन कार्यक्रममा ढकालले पाथीभरा स्थानीय मागको परियोजना भएको बताए ।

उनकाअनुसार त्यहाँको पर्यावरण कायम गरेर केबलकार निर्माण गर्न लागिएको हो ।

मेगा आयोजना सुरु भएपछि जिल्ला बाहिरबाट गएर अवरोध भएको भन्दै उनले गुनासो गरे । यसले विदेशी लगानीलाई समेत प्रभावित पार्ने उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०