मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको ‘इभी’ दुर्घटना : एक जनाको मृत्यु, १४ जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १९ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन् ।

जिल्लाको शहिद लखन गाउँपालिका–३ कान्टानरमा मनकामनादेखि आँबुखैरेनीतर्फ आउँदै गरेको वान टेष्ट इभी माइक्रो सडकबाट १५ मिटर तल खस्दा एक जनाको मृत्यु भएकाे आँबुखैरेनी गाउँपालिका अस्पतालले जनाएकाे छ ।

Advertisement

यस्तै, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सोमबार बिहान ११ः२५ बजेको समयमा दुर्घटना परी माइक्रोमा सवार ३७ वर्षीय पदमबहादुर दर्जीको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा मृत्यु भएको हाे ।

घाइतेहरुमा चितवन खैरेनी नगरपालिका–२ का २६ वर्षीय माइक्रो चालक सुमित चौधरी, सोही ठाउँकी ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार र २५ वर्षीया रुपा परियार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँकी २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुबना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिशा परियार र ३६ वर्षीय अर्जुन परियारको आँबुखैरेनी गाउँपालिकाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटना हुने बित्तिकै नजिकै रहेको मझुवा प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०