दमाईंको शव बोकेर विश्वकर्मा मलामी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १५ फाल्गुण, २०८१
२ वर्षअघि

बैतडी । पञ्चेश्वरको उज्वल गाउँका विश्वकर्मा समुदाय दमाईंको शव बोकेर मलामी गएका छन् ।

दलितभित्र कायम रहेको जातीय विभेद हटाउन विश्वकर्मा समुदायका अगुवा दमाईंको शव बोकेर मलामी गएका हुन् ।

Advertisement

पञ्चेश्वर गाउँपालिका–४, उज्वल गाउँकी कमला दमाईंको मृत्यु भएपछि परिवारमा शव बोक्ने मानिस नहुँदा विश्वकर्मा समुदायका वड र लोहार जाति संयुक्त रूपमा मलामी गएको स्थानीय जयराम लोहारले बताए ।

उज्वल गाउँमा विश्वकर्मा समुदायका ६८ परिवार भए पनि दमाईं जातिको दुई परिवारको मात्रै बसोवास रहेको उनले बताए ।

“पुरानो कुसंस्कार हटाउनुपर्छ भनेर संयुक्त मलामी गएका हौं। उज्वल गाउँमा केही वर्ष अघिसम्म विश्वकर्माले दमाईंको शव बोकेर मलामी जाने चलन थिएन । अहिले त्यस्तो विभेद छैन। कुसंस्कार सबै ठाउँबाट हटाउनुपर्छ भनेर लागि परेका छौँ,” उनले भने ।

उज्वल गाउँ तत्कालीन माओवादी युद्धका बेला आधार क्षेत्र भएकाले यहाँ दलितभित्र जातीय विभेद हटिसकेको स्थानीय सहिद परिवारका युवा धर्मराम वडले बताए ।

उनले लोकतन्त्र स्थापनापछि दमाईं र विश्वकर्माबिच काँधमै शव बोकेर मलामी जाने संस्कार बसिसकेको बताए ।

श्रीमतीको मृत्युपछि शव बोकेर मलामी जान विश्वकर्मा समुदायले सहयोग गरेको मृतकका श्रीमान् गजेन्द्रले बताए ।

उनले आफ्नो घरमा मलामी जाने जम्मा दुई जना मात्रै भएको बताए ।

गजेन्द्र नेकपा (एमाले) पञ्चेश्वर गाउँपालिका कमिटी उपसचिव समेत हुन् ।

स्थानीय श्रीकेदार आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका गजेन्द्रले उज्वल गाउँका दलित समुदायभित्र व्यवहारमै जातीय विभेद हटिसकेको बताए ।

उज्वल गाउँकी कमला दमाईंको बुधबार अपराह्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

बुवाको वार्षिकीमा सहभागी हुन पञ्चेश्वरबाट श्रीमान्सँगै दशरथचन्द नगरपालिका–२, मुडाप गाउँ गएकी कमलाको अचानक पेट दुःखेर बिरामी परेको उनका श्रीमान् गजेन्द्र दमाईंले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०