मध्यरातमा खोलामा करेन्ट लगाएर माछा मार्दैथिए, प्रहरीले समात्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १३ फाल्गुण, २०८१
२ वर्षअघि

बाग्लुङ । कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति साढे १० बजे बागलुङ नगरपालिका-४ ढोडेनीस्थित कालीगण्डकी नदी किनारमा माछा मारिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पर्वतको जलजला गाउँपालिका-८ का ३४ वर्षीय गोकुल गौतम, सोही ठाउँका ३० वर्षीय किस्मत पुन, ३७ वर्षीय दिलबहादुर मगर र वडा नं. ७ का आर्यन शर्मा रहेका छन् ।

पक्राउ पर्नेहरूको साथबाट प्रहरीले माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, सेतो तार बेरिएको आल्मुनियमको स्ट्रिक दुई थान, जालीसहितको कुँडुलो दुई थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूलाई जलचर संरक्षण ऐन, १०१७ अन्तर्गतको कसूरमा कारबाहीका लागि सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाइएको छ ।

जलचर संरक्षण ऐन अनुसार कुनै समात्ने वा मार्ने अभिप्रायले जानि जानि जलमा वा त्यसको आसपासमा कुनै किसिमको विद्युतीय धार, विष्फोटक पदार्थ वा विशालु पदार्थको प्रयोग गर्नु हुँदैन भन्ने व्यवस्था रहेकाले कोही–कसैले माछा मार्ने उदेश्यले खोला नदीमा करेन्ट नलगाउनसमेत प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित समय: मङ्गलबार १३ फाल्गुण, २०८१, ०६:०२:४७
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०