बराहक्षेत्रमा सेनाका जागिरे जेठाजुको कुटपिटबाट बुहारी घाइते, डरले दिन सकिनन् लिखित उजुरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ७ फाल्गुण, २०८१
२ वर्षअघि

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकामा सेनाका जागिरे जेठाजुको कुटपिटबाट बुहारी घाइते भएकी छन् ।

बराहक्षेत्र-११ मधुवनमा फागुन ३ गते बुहारीमाथि जेठाजुले कुटपिट गरेको घटना बाहिर आएको हो ।

Advertisement

भाइको दुर्घटनामा परी मृत्यु भएको सात वर्षपछि मधुवन मेजर टोलका ३८ वर्षीय अरुणकुमार मेहताले बुहारीलाई कुटपिट गरेर घाइते बनाएको घटना बाहिर आएको हो ।

शनिवार मकै खेतमा पानी लगाउने क्रममा आफूलाई जेठाजु अरुणकुमार मेहताले आक्रमण गरेको २६ वर्षीया बुहारी आशाकुमारी महतोले बताउनुभयो । जेठाजुको कुटपिटबाट घाइते आशाको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचार भइरहेको छ ।

जेठाजु मेहताले आफू नेपाली सेना भएकाले जे पनि गर्ने भन्दै धम्की दिँदै आएको आशाले बताइन् ।

जेठाजु सेनामा कार्यरत रहेको र घरमा आएको बेला कुटपिट गरेर घाइते हुँदा अस्पताल भर्ना हुनुपरेको र आफू असुरक्षित भएको पीडित महिलाको भनाइ छ ।

यसैबिच पीडित महिलाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले मौखिक जानकारी आएको तर लिखित जाहेरी नआएको प्रतिक्रिया दिए ।

बहिनीलाई भएको अन्याय र ज्यान मार्ने प्रयाससम्मको घटना भएको भन्दै पीडितका दाजुले समेत प्रहरीलाई जाहेरी दिन तयारी भइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०