अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने भएका छन् ।

प्रधानमन्त्री तथा चिकित्सा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७ औँ बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

बैठकले जुनसुकै विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीका लागि जनरल नर्सिङ विषय अध्यापन गराउन स्वीकृति दिएको हो ।

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार अब प्लस टुमा जुनसुकै विषय अध्ययन गरेको भए पनि विद्यार्थीले जनरल नर्सिङ अध्ययन गर्न पाउने छन् ।

यसअघि विज्ञानमा १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउँथे ।

आयोगका उपाध्यक्ष झाका अनुसार नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुने भएको हो ।

“१२ कक्षासम्म जुनसुकै विषयमा अध्ययन गरेको भए पनि जनरल नर्सिङ अध्ययन गर्न पाउने छन्,” डा.झाले भने, “यसअघि अध्ययन हुँदै आएका विषय पनि यथावत् सञ्चालन हुने छन् ।”

यसैगरी, बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको छ ।

आयोगको निर्णयसँगै चिकित्साशास्त्र स्नातकोत्तर तह (पिजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडी/एमएस गर्न पाउने छन् ।

चिकित्सा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाका अनुसार बैठकले पिजी अध्ययन गराउनका लागि स्रोत सुनिश्चित गरेसँगै पिजीका लागि कोटा थप भएको हो ।

यसै गरी बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसअघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो ।

यसबारे तत्काल बस्ने आयोगको बैठकमा प्रस्ताव आउने छ ।

हालसम्म मेडिकल कलेजहरूले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने व्यवस्था रहेको छ ।

यसअघि यही माघ २५ गते बसेको आयोगको १६ औँ बैठकले आवासीय चिकित्सक (विद्यार्थी) को आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह) को मासिक ४८ हजार ४३६ रुपियाँ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले सबै विद्यार्थीलाई निःशुल्क पढाउन नसक्ने र निजी कलेजको पनि साथ लिन आवश्यक पर्ने भएकाले उठेका समस्यालाई थप गृहकार्य गरेर निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए ।

उनले नर्सिङ शिक्षालाई सुक्न नदिन ठोस प्रस्ताव ल्याउन र नर्सहरूको सेवा र सुविधा बढाउन आग्रह गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०