विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको अध्यक्षमा सुमन पुरी निर्वाचित भएका छन् ।
बुधबार विराटनगरमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । पुरी यसअघि उपाध्यक्ष थिए ।
चौतारी कोशी प्रदेशको उपाध्यक्षमा युवराज विवश, महिला उपाध्यक्षमा ज्योति चौहान, महासचिवमा बाबुराम भण्डारी निर्वाचित भएका छन् ।
यसैगरी, प्रदेश सचिवमा रविन कट्टेल, दिनेश सुब्बा, भोला श्रेष्ठ, मञ्जु डाँगी, गणेश विष्ट र लक्ष्मी उप्रेती र कोषाध्यक्षमा विशाल नेम्वाङसहित ४९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएकाे हाे ।
अधिवेशनमा आयोजक र प्रतिनिधि गरि १५६ जना सहभागी थिए ।