झापा । झापामा १० वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-९ खातेका २१ वर्षीय सञ्जिव आचार्यलाई पक्राउ गरेको हो ।
पीडित बालिकालाई आरोपितले माघ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २५ गते प्रहरी चौकी,घोडामारामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २५ गते पक्राउ गरिएको प्रहरी चौकी घोडामाराले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा आइतबार गरिएको छ ।