लघुकथाः ओत

-ऋषि तिवारी
बुधबार २३ माघ, २०८१
१ वर्षअघि

‘कैलु गाउँबाट सहर पस्ने तरखर गर्दै थियो ।’

जमिन्दार मालिकले अह्राएका थिए । पम्पिसेटबाट पानी तानेर गहुँबालीमा पानी पटाउँनु पर्ने ।

ऊ राम्रो थियो । असल थियो । हरुवा भएपनि । चर्चा उसैको छ। बफादार छ । मालिकले अह्राएको काममा नाई भन्दैन्थो ।

मालिकले खटाखट पैसा गनेर दिए,भने- ‘सहरबाट दस लिटर डिजेल लिएर आउँनू ।’

उसले गिलेन र पैसा समाउँदै आफ्नो जहान रामतोरीलाई भन्यो । उनकै भाषामा भन्यो, ‘आइ मालिक डिजेल आनेको कहल बजारसे । हम बजार जाइ हँ ।’

उनको श्रीमतीले भनिन्- ‘ठिकै बा जाऊ न त आहाँ । छाता लेके जाऊ कोनो ठिक पाइन औतेकी ? फाल्गुणोके महिना भर न हो कोनोबेर पाइन परल । कुछो रोटी पानी पिके जाऊ ।’

अर्थात उनको श्रीमतीले भनेकि थिइन्, ‘ठिकै छ जानू । छाता लिदैं जानू । के ठिक फाल्गुणको महिना पानी पनि पर्न सक्छ । केही रोटी खानुस् । अनि पानी पिएर जानुस् ।’

ऊ श्रीमतीको भविष्यवाणी लत्त्याउँदै सहर पुग्यो । फर्किने बेला आकाशमा कालाबादलहरू मडारिन थाल्यो ।

बकुल्लाको बथानहरू सुरक्षित स्थानतिर उडेर गन्तव्यतिर जाँदै थिए । काला बादलमा सेताम्मे बकुल्ला उडेको दृश्य हेर्दै आफू पैदल हिँड्दै थियो ।

अलि पर पुगेपछि हेर्छ । बकुल्लाको बथान रुखको गुँडमा सुरक्षित भैंसकेका थिए । तब ऊ झस्कियो । ‘रामतोरियाले ठीकै भनेकी थिई छाता नलिइकन आएको बिजोग हुने भो ।’

दररररर पानी दर्कियो । उसले गाउँजाने बाटोमा एउटा झुपडी देख्यो मनमनै सोच्यो । यही झुपडीमा पसेर केहीबेर पानीबाट बचौंला ।

बकुल्लाको जस्तो मान्छेको बथान थिएन यसरी बाटोमा । ऊ एक्लो थियो ।

हस्याङ फस्याङ गर्दै झुपडीमा ओत लाग्न खोज्यो । एउटा बकुल्ला पनि सुरक्षित हुन नसकेर कैलु भन्दा पहिले त्यहाँ ओत लागिसकेको थियो ।

पंक्षी बकुल्ला र मानव जीवको त्यसदिन मित्रता घनिष्ठ थियो ।

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|११|२८

प्रकाशित समय: बुधबार २३ माघ, २०८१, १०:००:२३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०