विद्यार्थीलाई छात्रवृत्ति रकम जुटाउन विद्यालयमा तरकारी खेती

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ माघ, २०८१
२ वर्षअघि

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका-५, बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्न तरकारी खेती सुरु गरेको छ ।

विद्यालयमा आम्दानीको अन्य कुनै स्रोतको नभएपछि विद्यालयले तरकारी खेती सुरु गरेको हो ।

Advertisement

तरकारी खेतीबाट आएको रकमले विद्यालयले छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य लिएको छ ।

उत्पादन भएको तरकारीले बजार पाउने आशा गर्दै विद्यालयले तरकारी बिक्रीबाट जम्मा भएको रकमले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेको छ ।

विद्यालयकै प्रयोगमा नआएको खाली जग्गामा तरकारी खेती गर्दा विद्यार्थीले व्यवहारिक शिक्षा सिक्ने अवसर प्राप्त गर्नुका साथ शिक्षक सिकाइ समेत प्रभावकारी हुने देखिन्छ ।

विद्यालयले ३ कठ्ठा जग्गामा खुसार्नी, प्याज र भान्टा तरकारी खेती सुरु गरेको छ भने ३० केजी बिउबाट च्याउ उत्पादन गरी बिक्री समेत गरिरहेको छ ।

विद्यालयले अभिभावक, व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरू मिलेर तरकारी खेती सुरु गरेको विद्यालयका शिक्षिका रामकुमारी चौधरीले बताइन् ।

च्याउ खेतीबाट उत्पादन भएको च्याउको बिक्री-वितरण समेत भएको जानकारी उनले दिइन् ।

तरकारी बिक्रीबाट भएको आम्दानीलाई पारदर्शी बनाउन बाल क्लब, फोकल शिक्षक र खानेपानी स्वच्छता समितिको अध्यक्षको नाममा खाता खोली रकम जग्मा गरिने समेत जानकारी उनले दिइन् ।

तरकारी खेती च्याउ खेतीका लागि ब्युल्डअन नेपाल संस्थाको १५ हजार रुपैयाँ र विद्यालयको ६ हजार रुपैयाँबाट तरकारी खेती गरिएको शिक्षिका चौधरीले बताइन् ।

विद्यालयका प्रधानाध्यपक योगेन्द्रकुमार चौधरीले विद्यालयमा पहिलो पटक कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सहभागी गराएर तरकारी खेती गरिएको बताए ।

उनले विद्यार्थीको सोचमा परिवर्तन ल्याएर व्यवहारिक शिक्षका दिनमा लागि तरकारी खेती गरिएको जानकारी दिए ।

तरकारी बिक्रीबाट भएको आम्दानीले विद्यार्थीलाई छात्रवृत्ति दिनुमा साथै विद्यालय मर्मत कोषमा समेत जम्मा गरिने उनको भनाइ छ ।

विद्यालयमा २ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०