सुरक्षा गार्ड नभएको एनएमबी बैंक लुट्न छिरेका युवकलाई प्रहरीले समात्यो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बिपी चोकमा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा चोरी गर्न छिरेका एक युवक पक्राउ परेका छन् ।

मध्यरातमा एक्लै एनएमबी बैंकमा चोरी गर्न छिरेका तुलसीपुर-१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले हतौडा, छिना,पिलास, ह्याक्सो ब्लेडसहित उनलाई आइतबार बिहान २ बजे बैंकभित्रबाट पक्राउ गरेको हो ।

एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचनापश्चात इलाका प्रहरी कार्यालय तुलसीपुरबाट इन्स्पेक्टर विनोद खत्री नेतृत्वको टोली एनएमबी बैंकको कार्यालय रहेको स्थानमा पुगेको थियो ।

इन्स्पेक्टर खत्रीका अनुसार बैंकको ताला फोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।

शाखा कार्यालयमा लुटपाट प्रयास भएको सूचना एनएमबी बैंकको काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट जिल्ला प्रहरी कार्यालय दाङलाई खबर भएको थियो ।

जिल्लाले इलाकालाई खबर गरेपछि इन्स्पेक्टर खत्री नेतृत्वको टोली परिचालन भएको थियो । चौधरीले प्रयोग गरेको रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उक्त बैंकमा राति सुरक्षा गार्ड राखिएको छैन । त्यही थाहा पाएर चोरी गर्न युवक गएको आँकलन छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०