पाथीभरामा केवलकार निर्माण विवाद : गोली लागेर एक आन्दोलनकारी घाइते, तीन प्रहरीमाथि पनि आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् ।

केलवकार निर्माण गर्न नदिने पक्षले शनिबार आक्रमण गर्दा नेपाल प्रहरी जवानका अनुज वि.क, सशस्त्र प्रहरीका असइ समदेव यादव र सशस्त्र प्रहरीका जवान सञ्जीब बस्नेत घाइते भएका हुन् ।

Advertisement

यसैगरी, प्रहरीको गोली प्रहारबाट केवलकार निर्माण खारेजको माग गर्दै आएका विशाल श्रेङ घाइते हुनु भएको केवलकार खारेजी पक्षका श्री लिङखिमले बताए ।

प्रहरी जवान विकको गोडामा चोट, यादवको टाउकोमा र बस्नेतको कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताए ।

घाइते सबैको शनिबार नै जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

फुङलिङ नगरपालिका ११ बल्लुडाँडामा रहेका केही घरमा पहिचानवादीहरूले घरेलु हतियार लुकाएको सूचना प्राप्त भएको र सो बुझ्न जाने प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार भएको डिएसपी रावलले बताए ।

केबलकार निर्माण खारेज माग गर्दै आएकाहरूले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएको डिएसपी रावलले बताए ।

प्रहरीलाई आक्रमण भएपछि नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

केवलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा माघ ८ गतेदेखि सुरक्षा बेस निर्माण कार्य सुरुआत भएको छ ।

त्यसपश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदीवासी जनजाती महासंघ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा, नेपाल शेर्पा संघ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदीवासी महिला संघ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ती निकाल्दै मुन्धुमी स्थलमा केवलकार निर्माण तत्काल खारेज गरी सैन्यकरण बन्द गर्न आग्रह गरेको छ ।

केवलकार निर्माण खारेज र सैन्यकरण बन्द नगरे आमहड्तालसहितका संघर्षका कार्यक्रम गर्ने र उक्त आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केवलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने आन्दोलनरत पक्षले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०