पाथीभरामा केवलकार निर्माण विवाद : गोली लागेर एक आन्दोलनकारी घाइते, तीन प्रहरीमाथि पनि आक्रमण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ माघ, २०८१
२ वर्षअघि

विराटनगर । पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् ।

केलवकार निर्माण गर्न नदिने पक्षले शनिबार आक्रमण गर्दा नेपाल प्रहरी जवानका अनुज वि.क, सशस्त्र प्रहरीका असइ समदेव यादव र सशस्त्र प्रहरीका जवान सञ्जीब बस्नेत घाइते भएका हुन् ।

Advertisement

यसैगरी, प्रहरीको गोली प्रहारबाट केवलकार निर्माण खारेजको माग गर्दै आएका विशाल श्रेङ घाइते हुनु भएको केवलकार खारेजी पक्षका श्री लिङखिमले बताए ।

प्रहरी जवान विकको गोडामा चोट, यादवको टाउकोमा र बस्नेतको कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताए ।

घाइते सबैको शनिबार नै जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

फुङलिङ नगरपालिका ११ बल्लुडाँडामा रहेका केही घरमा पहिचानवादीहरूले घरेलु हतियार लुकाएको सूचना प्राप्त भएको र सो बुझ्न जाने प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार भएको डिएसपी रावलले बताए ।

केबलकार निर्माण खारेज माग गर्दै आएकाहरूले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएको डिएसपी रावलले बताए ।

प्रहरीलाई आक्रमण भएपछि नेपाल प्रहरीले पाँच सेल र सशस्त्र प्रहरीले पाँचसेल अश्रुग्यास प्रहार गरेको छ ।

केवलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा माघ ८ गतेदेखि सुरक्षा बेस निर्माण कार्य सुरुआत भएको छ ।

त्यसपश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदीवासी जनजाती महासंघ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा, नेपाल शेर्पा संघ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदीवासी महिला संघ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ती निकाल्दै मुन्धुमी स्थलमा केवलकार निर्माण तत्काल खारेज गरी सैन्यकरण बन्द गर्न आग्रह गरेको छ ।

केवलकार निर्माण खारेज र सैन्यकरण बन्द नगरे आमहड्तालसहितका संघर्षका कार्यक्रम गर्ने र उक्त आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केवलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने आन्दोलनरत पक्षले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०