सप्तरी । सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी १५ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका-७ मझौ टोलदेखि पूर्व कोशी सहायक नहरको डिलमा बालिका बलात्कृत भएकी हुन् ।
बुधबार बिहान ५ः४५ बजे साइकल चढेर पढ्न विद्यालय गइरहेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
सप्तरी प्रहरीले विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेशकुमार मण्डललाई पक्राउ गरेको हो ।
उनलाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
प्रतिकार गरेकी बालिकाको बायाँ हातसमेत आरोपितले आक्रमण गरेर भाँचिदिएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय विष्णुपुरले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।
बालिकाले बुधबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
गम्भीर शारीरिक र मानसिक आघात व्यहोर्नु परेको उल्लेख गर्दै पीडितले कानुनी कारबाहीको माग गरेकी छन् ।
प्रहरीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बुधबार नै स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।